प्रहरी गस्तीले रोपाइँ प्रभावित

प्रहरी गस्तीले रोपाइँ प्रभावित

कालिकोट : विप्लव समूहका गतिविधिविरुद्ध प्रहरीले ग्रामीण क्षेत्रमा गस्ती बढाएपछि रोपाइँ प्रभावित भएको छ। हतियारसहित गाउँ पसेका प्रहरी खेतमै पुगेर सोधपुछ गर्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन्।

विप्लव कार्यकर्ता खोज्न भन्दै गाउँ पसेका सुरक्षाकर्मीको डरले किसान खेतमा जान सकेका छैनन्। प्रहरीले खेतमै पुगे अनावश्यक दुःख दिने गरेकाले रोपाइँ गर्ने अन्तिम समयमा पनि खेत बाँझै राख्नुपरेको स्थानीयले बताए। विप्लवका समूहविरुद्ध जिल्लाभर प्रहरी परिचालन गरिएको छ। प्रहरीले खेतमा रोपाहारलाई पनि सोधखोज गर्न थालेका छन्। तर हतियारसहित प्रहरीको टोली दिनहुँ खेतमै आउन थालेपछि स्थानीयले रोपाइँ गर्न नपाएको गुनासो गरे।

तिलागुफा नगरपालिकाका एक किसानले भने, ‘दिनहुँ हतियार लिएर प्रहरी खेतमै सोध्न आउछँन्, उनीहरूको त्रासले हामीले खेतमा जान छाडेका छौं। लुकेर बस्नुपर्ने अवस्था आएपछि रोपाइँ भएको छैन।’ विप्लव समूहको अखडा मानिएको कालिकोटमा उक्त समूहप्रति आस्था राख्ने युवा धेरै छन्। प्रहरी गाउँ पसेपछि स्थानीय युवा रोपाइँ छाडेर भागेका छन्। खेतीको समयमा युवा भाग्नुपरेपछि अधिकांश खेत बाँझै छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले विप्लव समूहका नेताकार्यकर्ता खोज्न नौवटै स्थानीय तहमा प्रहरीले सर्च अभियान थालेको बताए। नेकपाका गतिविधिलाई पूर्ण रुपमा बन्द गराउने र कार्यकर्तालाई पक्राउ गर्न सर्च अभियान जारी रहेको बताए। शर्माले भने, ‘गाँउमा मान्छेहरू रोपाइँ खेतमा फेला पर्छन्। विप्लव समूहका कार्यकर्ता आउछन् कि भनेर प्रहरीको टोली पनि खेतमै बस्ने गरेको छ।’

यसबीच विप्लव समूहका जिल्ला नेताहरूले प्रहरीले गाउँमा गस्ती बढाए प्रतिकार गर्ने चेतावनी दिएका छन्। प्रहरीले रोपाइँमा व्यस्त जनतालाई आतंकित बनाएको भन्दै प्रतिकार गर्ने जनाएको हो। नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडीले आत्मरक्षाका लागि आक्रमण गर्ने पार्टी नीति रहेकाले प्रहरी गस्तीविरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.