नर्सरीबाट वार्षिक १० लाख आम्दानी

नर्सरीबाट वार्षिक १० लाख आम्दानी

कालिकोट : खाँडाचक्र नगरपालिका–६ का युवा उद्यमी विकास शाहीले नमुना नर्सरी सञ्चालनमा ल्याएका छन्। जिल्लामा चाहिने बिरुवा बाहिरबाट ल्याउनुपर्ने बाध्यता टार्न उनले गाँउमै नमुना नर्सरी सञ्चालन गरेका हुन्। उनको यही नर्सरीले हाल जिल्लामा आवश्यक पर्ने बिरुवा आपूर्ति गर्दै आएको छ।

जागिरका लागि भौतारिनुभन्दा आफैंले उद्यम सञ्चालन गर्ने सोचले नर्सरी उद्योग सञ्चालन गरेको उनको भनाइ छ। गाउँमै कक्षा १२ पास गरेका उनले १८ महिने कृषि जेटीए पनि पास गरेका छन्। आफ्ना बुवाले रोजगारीका लागि भौतारिएको देखेका विकासले हाल आफैंले नर्सरीबाट आम्दानी गर्दै आएका छन्।

उनले रोजागारीका लागि विदेश जानेबारे पनि सोचेनन्। सुरुवात गरेको नमुना नर्सरी र त्यहाँबाट हुने आम्दानीले रोजगारीका लागि विदेश जानेलाई पनि यो नर्सरीले पाठ सिकाएको छ। २२ वर्षका विकास शाहीले गरेको यो उद्यमलाई खाँडा चक्र नगरपालिका–६ का वडाध्यक्ष जगदीश शाहीले आफ्नो वडामै नमुना युवा बनेको बताए। उनले विकासको नर्सरी उद्योगलाई प्रोत्साहन स्वरूप वडा कार्यालयबाट पनि केही सहयोग गर्ने बताएका छन्।

विकासले नर्सरी सुरुवात गर्दा करिब तीन लाख लगानी गरेका थिए। तर, पहिलो आर्थिक वर्षमै १० लाख आम्दानी लिएका छन्। नर्सरी उद्योगमा अहिले ओखर, जुनार, कागती, सुन्तला, अनार, छोक्रा, टिमुर, बकाइनो, शीतलचिनी, मेवा, चिउरी आदि बिरुवा छन्। नर्सरीले बिरुवा अनुसारको मूल्य कायम गरेको छ। एक सय रुपैयाँदेखि दुई सयसम्म बिरुवाको मूल्य पर्छ। नर्सरी उद्योग सञ्चालनमा आएपछि खाँडाचक्र नगरपालिका मात्र नभई अन्य गाउँ तथा नगरपालिका तथा अन्य जिल्लाका नागरिकलाई पनि बिरुवा किन्न सहज भएको छ।

खाँडाचक्र नगरपालिकाको कृषि शाखाले प्राविधिक सहयोग र पोखरी प्लास्टिकजस्ता सामान सहयोग गरेको कृषि शाखा प्रमुख पर्शुराम काफ्लेले बताए। गाउँमा नै नसरी उद्योग सञ्चालनमा ल्याएका विकासले अब यही नर्सरी उद्योगबाट उत्पादन भएका बिरुवा न्यून दरमा वितरण गरी व्यवसायलाई बढावा दिने बताए।

विकासका बुवा मनसिंह शाहीले वर्षाको समयमा यी सबै बिरुवा बेचिसक्ने बताए। किसानले पहिलेदेखि नै बिरुवा माग गरेका छन्। मागअनुसार उपलब्ध गराउन नसकिएको विकासले बताए। अहिले यो नर्सरीमा १० हजार अनार, एक हजार दुई सय ओखर, एक हजार कागती, दुई हजार सुन्तला र दुई हजार जुनारका बिरुवा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.