१०० वर्ष पुरानो भवनमा लक्जरी होटल

१०० वर्ष पुरानो भवनमा लक्जरी होटल

काठमाडौं : बिहानदेखि बेलुकासम्म आवश्यक पर्ने सबै सुविधा अब यल्लो दरबार होटलमा पाइने भएको छ। सात महिनादेखि सञ्चालनमा आएको होटलमा एक वर्षभित्रै सबै सुविधा पाइने भएको हो। होटलका सञ्चालक सुवर्ण श्रेष्ठले एउटा व्यक्तिलाई आवश्यक पर्ने सबै सेवासुविधा दिने योजना रहेको सुनाइन्।

यल्लो दरबारमा लक्जरीयस रुम छन्। उनले छिट्टै रिक्रिएसन सेन्टर बनाउने योजना रहेको बताइन्। होटलमा वनस्टप सेन्टरको सुविधा दिने तयारी अघि बढेको छ। ‘बिहानदेखि बेलुकासम्म एकजनाले के के गर्न सक्छ, सबै सुविधा यल्लो दरबारमा पाउन सकोस् भन्ने उद्देश्यका साथ योजना बनाउँदैछौं’ उनले भनिन्।

उठ्नेबित्तिकै जीम, सनाम स्टीम लिने सुविधाका साथै लञ्च, अफिसबाट फर्केर डिनरलगायत व्यवस्था हुने भएको हो। यसरी सबै सेवासुविधाका साथै रिफ्रिसमेन्ट हुने गरी दरबार होटलले सुविधा दिन थालेको उनको भनाइ छ। नेपालमा सञ्चालित होटलमा यस्तो सुविधा खासै पाइँदैन। ‘सबै सुविधा एउटै प्याकेजमा दिने योजना अघि बढेको छ’, उनले भनिन्। दरबारमा छिट्टै २० कोठा थपिनेछन्। होटलमा खेलको सुविधासमेत पाइन्छ। स्विमिङ, जिमलगायत सुविधा ग्राहकले पाउँछन्।

‘ब्याडमिन्टन, स्पा, माउन्टेन्ट क्याइमेन्ट, गल्फलगायत सबै खाले खेल खेलाउने योजना छ’, उनले भनिन्। सय वर्ष पुरानो दरबार होटलमा पर्यटक बिस्तार बढ्दैछन्। यहाँ सेमिनार, गोष्ठी गर्दा दरबारमै गर्दैछौं भन्ने अनुभूति हुन्छ। राणाकालीन दरबारमा बसेर खाँदा छुट्टै अनुभूति हुन्छ। होटलका सञ्चालक श्रेष्ठले दरबारको रौनक बढाउन खानामा पनि उत्तिकै ध्यान दिएको बताउँछिन्। ‘नेपाली खानामा प्राथमिकता दिएका छौं। थकाली खाना मात्र नभई फरक खालको नेपाली खाना हुन्छ’, उनले भनिन्।

नेवारी खानालाई केही परिवर्तन गरेर टिपिकल नेपाली खानाको प्रवद्र्वन गरिएको उनको भनाइ छ। दरबारमा इटालियन खाना, चाइनिज खाना पनि पाइन्छ। यल्लो दरबारमा बेडरुम, लिभिङ रुम, किचेन, बाथरुमका साथै वाइड रुमको समेत व्यवस्था छ। यस्तो अरू नयाँ होटलमा समेत नपाइने भएकाले होटलमा पर्यटकलगायत नेपालीको आकर्षण बढ्दै गएको सञ्चालक श्रेष्ठले बताइन्। यहाँ बस्ने पाहुनाले फाइभस्टारको सुविधा पाउँछन्।

यल्लो दरबारको क्षेत्र एकदमै ठूलो छ। यहाँ युरोपियन पर्यटक बढी छन्। युरोपियन स्टाइलको पुरानो बिल्डिङ भएकाले पनि युरोपियनले यल्लो दरबार बढी मन पराएको श्रेष्ठको बुझाइ छ। यल्लो दरबारमा सेमिनार हलमा नियमित कार्यक्रम हुने गरेको छ।

एक सय वर्ष पुरानो भवन संरक्षण पनि हुने र प्रवद्र्वन गर्दा विदेशमा राम्रो सन्देश जाने भएकाले यल्लो दरबारको भवन रोजेको श्रेष्ठले बताइन्। दरबार सञ्चालनमा आउनुअघि अन्तर्राष्ट्रिय स्पोर्ट थियो। यल्लोअगाडि ठूलो बगैंचा छ। दुईवटा बगैंचामा म्यूजिकल इभेन्ट पनि हुने गरेको उनले सुनाइन्। यल्लो दरबारमा १६ कोठा छन्। यहाँ बस्नेलाई दैनिक ४० डलरदेखि ८० डलरसम्म शुल्क लाग्छ।

एक वर्षसम्म यही शुल्कमा पर्यटक तथा नेपालीले सुविधा पाउनेछन्। उक्त शुल्कमा पाहुनाले ब्रेकफास्टको सुविधा पाउँछन्। यल्लो दरबारमा पर्यटक २ दिनदेखि १० दिनसम्म बस्ने गरेका छन्। विभिन्न देशका विद्यार्थी सेमिनारका लागि आउने गर्छन्। अमेरिकन, यूरोपियन विद्यार्थीलगायत पर्यटक आउने गरेको उनले सुनाइन्। यल्लो दरबार होटलमा ५० जना अट्न सक्छन्। एक कोठामा ४ देखि ६ जनासम्म सुत्न मिल्छ। ‘होटल क्षेत्रमा काम धेरै गर्नुपर्ने छ’, उनले भनिन्, ‘पुरानो भवन भएकाले चुनौती बढी नै छ।’

नेपालको सरकारी संरचनाले गर्दा काम गर्न गाह्रो भएको उनले सुनाइन्। भिजिट नेपाल २०२० मनाउने तयारी भए पनि सरकार उत्साहित नभएको उनको गुनासो छ। पूर्वाधार तथा प्रवद्र्वनमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। भिजिट नेपाल २०२० नजिकिँदै गर्दा सरकारले यस्ता हेरिटेज भवनको समेत सूचीकृत गरी प्रवद्र्वन प्रवद्र्वन गर्नुपर्ने उनको अपेक्षा छ।

सरकारले योजना राम्रा ल्याए पनि कार्यान्वयन गर्न सकेको छैन। सरकारले भनेजस्तो कार्यक्रम नभएकाले प्रवद्र्वनको काम अपेक्षाकृत ढंगले नभएको उनको गुनासो छ। ‘जतिसक्दो प्रचार गर्न सके नेपालको प्रवद्र्वन हुनुका साथै हामीजस्ता व्यवसायीलाई पनि राम्रो हुन्छ। तर सरकारले योजनाअनुसार कुनै काम गर्न सकेको छैन’, उनले भनिन्।

होटल क्षेत्रमा लगानी जति गरे पनि नपुग्ने अवस्था छ। जति लगानी गर्‍यो, उति लगानी गर्न मन लाग्ने उनले सुनाइन्। श्रेष्ठले यसअघि गर्दै आएका व्यवसाय पनि जारी राखेकी छन्। उनले वैदेशिक रोजगार, ट्राभल, कपडा निर्यातको काम गर्छिन्। ‘बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म काममै खटिने गर्छु’ उनले भनिन्। सबै ठाउँमा दिनमा एकचोटी पुग्ने गरेको उनले बताइन्।

यल्लो दरबारमा ३३ जना रोजगारीमा छन्। उनका सबै व्यवसायमा गरेर १ सय ६० जनाले रोजगारी पाएका छन्। होटलमा दक्ष कामदार पाउन समस्या भएको उनी सुनाउँछिन्। अधिकांश मान्छे स्वदेशमा रोजगार पाउन सकेका छैनन्। विदेश गइरहेका छन्। श्रेष्ठले कामदार, हाउसकिपिङ पाउन पनि गाह्रो भएको बताइन्। ‘बेरोजगारी छ भने पनि खोजेको मान्छे पाउन गाह्रो छ’, उनले भनिन्। होटल म्यानेजमेन्ट पढेको मान्छै नै चाहिने भएकाले चाहेको बेला कामदार पाउन समस्या रहेको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.