प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले ट्‍विटरमा 'छौंडा' भनेपछि...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले ट्‍विटरमा 'छौंडा' भनेपछि...

काठमाडौं : आज बिहानैदेखि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्‍विट चर्चामा छ। उनले ट्विट छ- 'भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दु:ख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका?

भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दु:ख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका?

— Bishnu Rimal (@BishnuRimal) July 7, 2019

रिमालको संकेत प्रष्ट छैन। तर सरकारका आलोचकहरूलाई लक्षित गरी उनले 'छौंडा' भनेको बुझ्न भने गाह्रो छैन। 'छौंडाहरू आफैं चलमलाउँदैनन्' भनेर सरकारको आलोचना गर्नेहरूलाई अन्यत्रबाट परिचालित भएको आरोप उनले सांकेतिक रुपमा लगाएको देखिन्छ।

जब उनले यो ट्विट गरे सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ। उनकै ट्विटमा मेन्सन गर्नेहरूले पनि 'पदीय मर्यादा नबिर्सन' सुझाव दिएका छन्।

करुणा पराजुलीले सोधेकी छन्- 'तपाईंको पद र जिम्मेवारीले यसो भन्न सुहाएन ! कि त्यही पद र जिम्मेवारीको आडमा यसो भन्दै हुनुहुन्छ कमरेड ?'

उषाकिरण तिम्सेनाको सुझाव छ-  'कमरेड तपाईं पार्टीको स्थायी कमिटी सदस्य र प्रमज्यूको सल्लाहकार दुबै पदबाट राजीनामा दिनुस्। यो चेतनास्तरले दुबै पदलाई न्याय गर्न सक्दैन।'

सुन्दर धितालले व्यंग्य गरेका छन्- 'एउटा देशको शासकलाई सुझाव दिने ठाउँमा बसेको मान्छेले कस्तो शब्द छान्नुभएको ? यो भन्दा तल्लोस्तरको शब्द भेटाउनु भएन ? नेपाली भाषा, साहित्य, संस्कृति, संस्कार र शब्दकोषमा विष्णु रिमालज्यू ?'

रिमालले 'छौंडा' शब्द प्रयोग गरेको पनि कतिपयले आपत्ति जनाएका छन्। 'गणतन्त्रमा ढुंगे युगको कुरा गर्ने ? बोक्सीको कुरा गर्ने ? छौंडाको कुरा गर्ने ? रुढिवादी/ संविधान विरोधी !' अर्जुन कुमार शर्माले रिप्लाई गरेका छन्, 'यस्ताको सल्लाहमा चलेको पार्टी/सरकारले पनि काम गर्छ भनेर पत्याउने म महामुर्ख !!!!'

नेपाली बृहत शब्दकोषमा छौँडा शब्दका अनेक अर्थ छन्। ती मध्ये एक हो- 'लोकधारणाअनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पीरपिराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको  तथाकथित बिरालो।' (अरु अर्थहरू हेर्नुस् स्क्रिनसटमा) ।

यता नेकपाकै युवा नेता शैलेन्द्र घिमिरेले फेसबुकमा लेखेका छन्- 'गज्जब ! भौतिकवादमा छौँडा मिलाऔँ। नयाँ विचारको  आविस्कार गरौँ। कठै हामी नागरिकहरू !!!


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.