समय अघि नै निर्माण सक्ने ठेकेदार बोनससहित सम्मानित

समय अघि नै निर्माण सक्ने ठेकेदार बोनससहित सम्मानित

प्यूठान : समयमा काम सम्पन्न नगर्ने ठेकेदारका कारण योजनाहरू अलपत्र बनेका खबर देशैभरबाट आइरहेका बेला प्यूठानका एक ठेकेदार समयअगावै काम सकेर सम्मानित भएका छन्। भवन निर्माण  सम्झौताको झण्डै साढे तीन महिना अगावै काम सकेका उनलाई सरकारी निकायले शुक्रबार बोनससहित सम्मान गरेको हो।

सरुमारानी गाउँपालिका १ स्थित बांगेशाल स्वास्थ्यचौकी निर्माणको जिम्मा पाएका आँशु निर्माण सेवा विजुवारका संचालक बालाजु श्रेष्ठले १०९ दिन अगावै काम सकेका थिए। सम्झौताअवधि अगाडि नै निर्माण पूरा गरेकोमा प्रशंसा गर्दै सघन सहरी तथा भवन निर्माण आयोजना घोराहीले श्रेष्ठलाई बोनस रकम सहित सम्मान गरेको हो।

स्थलगत अनुगमन गरी बोनससहित श्रेष्ठलाई सम्मान गरिएको आयोजना प्रमुख परिक्षित कडरियाले जानकारी दिए। निर्धारित समय अगावै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहित गर्ने र  काम नगर्ने ठेकेदारलाई कालो सूचिमा राख्ने उनले बताए।

ठेकेदार श्रेष्ठले १० लाख ७० हजार २१२ रुपैयाँ उनले बोनस रकम पाए। २०७४ असार १ मा भवन निर्माणको सम्झौता गरेका उनले २०७६ जेठ ३० गते सम्पन्न गरिसक्ने सीमाअवधि थियो। श्रेष्ठले २०७५ फागुन २५ गते नै निर्माण पूरा गरेर हस्तान्तरण गरेका हुन्। दुई तलाको पक्की भवनमा १४ कोठा निर्माण भएका छन्।

भ्याट बाहेक १ करोड ७३ लाख ७७ हजार ८१८ रुपैयाँ लागतमा भवन निर्माण गरिएको श्रेष्ठले बताए। ‘ठेकेदारले काम ढिला गर्छन् भन्ने नकरात्मक प्रभाव समाजमा छ’,सम्मान पाएपछि उनले भने, ‘लगनशील भएर काम गर्ने हो भने छिटो पनि सकिन्छ भन्ने उदाहरण दिन खोजेको हँु।’ निर्माणको क्षेत्रमा लागेको २२ वर्षमा पहिलोपटक पाएको सम्मानले उत्साहित बनाएको उनले सुनाए। हालसम्म सरकारी क्षेत्रबाट विनियोजित करिव १ अर्ब रुपैयाँ बराबरको निर्माणको काम सम्पन्न गरका श्रेष्ठको फर्ममा २२ युवाले रोजगारी पाएका छन्।

भवन बनेपछि बर्थिङ सेन्टर लगायतका सेवा प्रवाहमा सहजता मिलेको बांगेशाल स्वास्थ्यचौकी प्रमुख विमला ज्ञवालीले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.