भक्तपुरमा खुल्यो रेडियो हिमालयन

भक्तपुरमा खुल्यो रेडियो हिमालयन

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलको जगातेमा आजबाट ५०० वार्टको क्षमता रहेको रेडियो हिमालयन ९९.७ मेगाहर्जको सञ्चालनमा आएको छ ।

हिमालयन एफएमको प्रदेश ३ का सदस्य डा. राजेन्द्रमान श्रेष्ठले स्टुडियोमा रहेको लोगो अनावरण गरेर उद्घाटन गरे। साथै उनले अनलाइन संस्करण रेडियो हिमालयन डट कमको स्वीच थिचेर उद्घाटन गरे। श्रेष्ठले समाजलाई सही सूचना र खबर प्रदान गर्नुपर्ने औंल्याउँदै देशकै नमूना र रेडियो बन्नु पर्ने बताए ।

प्रदेश ३ कै सदस्य प्रतिमा श्रेष्ठ, प्रदेश सदस्य सरस्वती बाटी, गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख एवं रेडियो हिमालयनका सल्लाहकार सञ्चालक सोमप्रसाद मिश्रलगायतले हल्लाको भरमा समाचार आउने प्रबृत्ति बढेको भन्दै सूचनाले नै आमनागरिकलाई सही बाटोमा लैजाने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। एफएम १८ घन्टा सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.