श्रीलंकामा कर्णालीको कटानः सिंगो बस्ती नै जोखिममा

श्रीलंकामा कर्णालीको कटानः सिंगो बस्ती नै जोखिममा

टीकापुर : कैलालीको टीकापुर नगरपालिका- ८ श्रीलंका भनिने तोलीगाउँमा कर्णाली नदीले कटान गरेको छ। पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि नदी कटान तीब्र भएको हो। 

कर्णाली नदीको कटानबाट किसानले लगाएको ऊुखु, तिल, मासलगायतका बालीमा क्षति पुगेको छ।वर्षेनी कर्णाली नदीले कटान गर्दै गएपछि त्यहाँका स्थानीय भने त्रसित भएका छन्।  वर्षायाम सकिएर नदीमा पानीको सतह घट्ने बेला कटान हुने गरेको भए पनि यस वर्ष वर्षायामको सुरुवातबाटै कटान भएपछि स्थानीय त्रसित भएका छन्। 

स्थानीय दीपेन्द्र भण्डारीले वर्षाको सुरुवातमै नदीले कटान सुरु गरेपछि आफूहरु त्रसित भएको बताए।'यस वर्ष त हामीले खेति पनि गर्न पाएका छैनौं, वर्षाको सुरुवातमै नदीले कटान सुरु गरेको छ,' उनले भने, 'दुई विघाभन्दा बढी कटान गरिसकेको छ, यही गतिमा काट्दै गए श्रीलंका सबै नदीमा परिणत हुनेछ।'

 
भण्डारीका अनुसार श्रीलंकाका दीपेन्द्र भण्डारी, गोपाल साउँद, तुलीराम चौधरी, धर्म चौधरीलगायत किसानको जमिन कटान भएको हो। नदीले दिनरात लगातार कटान गरिरहेको छ। नदी कटानबाट उर्बर भूमि बालुवामा परिणत हुँदै गएको स्थानीय धर्मलाल चौधरीले बताए। 'राम्रो खेती हुने ठाउँ भएपनि नदी कटानले सखाप हुने देखिन्छ, 'चौधरीले भने, 'हाम्रो उठिबास हुन बेर छैन।'   

कैलाली र बर्दियाको सीमाना पर्ने श्रीलंका बाढी प्रभावित क्षेत्र हो। बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ गत वर्षदेखि तटबन्ध बनाएपछि नदीको कटान झन तीब्र भएको हो। तटबन्ध सकिएको ठाउँबाटै नदीले यस वर्ष समेत कटान सुरु गरेको हो। बर्दिया र कैलालीको सीमानामा पर्ने क्षेत्रमा कैलालीको क्षेत्रमा भने तटबन्ध हुन सकेको छैन।    

कर्णाली नदीले श्रीलंकामा कटान सुरु गरेको टीकापुर नगरपालिका- ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए। दुई दिन अघिदेखि नै नदीले यस वर्ष पनि कटान थालेको बताउँदै अध्यक्ष ठकुल्लाले भने,' कटान नियन्त्रणका लागि पहल गरेको भएपनि केही गर्न सकिएन।'

'बर्दियातिरबाट भएको तटबन्धभन्दा तलबाट कटान सुरु छ, 'ठकुल्लाले भने, 'कटानले श्रीलंकाको उर्बरभूमि सखाप हुने अवस्थामा पुगेको हो।'  नदी कटानका कारण किसानले लगाएको बाली समेत नष्ट भइरहेको अध्यक्ष ठकुल्लाले बताए। नदीको कटान नियन्त्रण नभए श्रीलंकाको बस्ती नै जोमिखमा पर्नेछ। श्रीलंकामा झण्डै ३ सय स्थानीयहरु बसोबास गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.