सर्लाहीमा बन्चरो प्रहार गरी श्रीमानको हत्या

सर्लाहीमा बन्चरो प्रहार गरी श्रीमानको हत्या

मलंगवा : नगरपालिका–१२ कालिन्जोर लामीदमारमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । स्थानीय ५४ वर्षीय अम्बरबहादुर परियारलाई श्रीमती सोनामाया नेपालीले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

टाउको र ढाडमा बन्चरो प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेको प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए। मदिरा सेवन गरि सधैं घर आएर झगडा गर्ने गरेकोले श्रीमानको हत्या गरेको नेपालीले स्वीकार गरेकी छिन्। 

घरमा श्रीमान् श्रीमती मात्रै बस्दै आएका थिए। हत्या भएको दिनपनि श्रीमान रक्सी सेवन गरी आएको र आफुसँग झगडा गर्न थालेपछि बन्चरो प्रहार गरी हत्या गरेको नेपालीले प्रहरीलाई बयान दिएकी छिन्। छोराहरु कामको सिलसिलामा बाहिर बस्दै आएको मौका छोपी श्रीमतीले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट एकथान बन्चरो बरामद गरेको छ। 

घटना शनिबार भएपनि लामीदमार विकट ठाउँ भएकोले आइतबार प्रहरीले जानकारी पाएका थिए। स्थानीयले वडाध्यक्ष नागेन्द्र पाख्रिनलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो। वडाध्यक्षले प्रहरीलाई खबर गरेको ६ घण्टा यात्रापछि प्रहरी पुगेको थियो। शवलाई जिल्लामा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.