अनैतिक सम्बन्ध थाहा पाएपछि सासूको हत्या प्रयास

अनैतिक सम्बन्ध थाहा पाएपछि सासूको हत्या प्रयास

वीरगन्ज : पर्सामा एक महिलाले आफ्नो अनैतिक सम्बन्ध ढाकछोप गर्न सासूको हत्या गर्ने असफल प्रयास गरेकी छिन्।कालीकामाइ गाँउपालिका–२ भेडिहारीका ३० वर्षीया इन्दुदेवी महराले आफ्नै सासू ५५ वर्षीया राजपतिदेवी महराको हत्याको प्रयास गरेकी हुन्।

शनिबार बिहान साढे ३ बजे घरमै इन्दुदेवीले धारिलो हतियारले सासू राजपतिदेवीको टाउकोमा प्रहार गरी मार्न खोजेकी थिइन्। गम्भीर घाइते राजपति देवीको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

शनिबार बिहान साढे दुइ बजेतिर एक पुरुष, इन्दुदेवी सुतिरहेको कोठामा छिरेको सासू राजपतिदेवीले देखेकी थिइन्। त्यसबारे सोधीखोजी गर्दा आक्रोशमा आएकी इन्दुदेवीले सासूलाई मार्ने नियतले धारिलो हतियार प्रहार गरेको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।

 इन्दुदेवीका श्रीमान् कमलेश भने ज्याला मजदुरीका लागि हेटांैडामा बस्दै आएका छन्। परपुरुषसँगको सम्बन्ध लुकाउनकै लागि सासूलाइ धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरी नायब उपरीक्षक शर्माको भनाई छ।  गर्ने इन्दुलेवीलाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए।

  इन्दुदेवीका ससुरा भोजराम महराले बुहारी इन्दु देवी र उनीसँग अवैध सम्बन्ध रहेका धोबीनी–५ का सुनर पासवान मिलेर श्रीमती राजपतिको हत्या प्रयास गरेको भन्दै आइतबार प्रहरीमा उजुरी दिएका छन्।

 आफू बुहारी इन्दुदेवीका भाइको साथी भएको बहाना बनाएर सुनर पासवान पटक–पटक आई बुहारीसँग भेट्ने बस्ने गरेको भन्दै ससुरा भोजरामको दाबी छ। 
भोजरामको उजुरीका आधारमा प्रहरीले सुनर पासवानलाई पनि आइतबार पक्राउ गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.