बेलायतमा इलामे जमघट

बेलायतमा इलामे जमघट

काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य एवं सांसद सुजाता परियारले आफ्नो मुलुक र ठाउँमा पनि लगानी गर्न बेलायतमा रहेका नेपालीलाई आग्रह गरेकी छिन् । त्यसपछि मात्र पर्यटनको विकास हुने उनको भनाइ छ । 

‘तपाईंहरूले व्यस्तताका बीच इलामका लागि सोचिरहनुभएको छ । यहाँबाट जिल्लामा विभिन्न सहयोग गरिरहनुभएको छ’, बेलायतको फार्नबरोमा शनिबार आयोजित इलाम समाज यूकेको १०औं वार्षिक भेलामा उनले भनिन्, ‘सहयोग अझै बढाउनुस् । जिल्लाको विकास तथा समृद्धिका लागि हातेमालो गरौं ।’ उनले एनआरएनलाई नागरिकता दिने विषयमा कुरा चलिरहेको उल्लेख गरिन् । यसमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनको भनाइ थियो । उनले गोर्खा सैनिकको पेन्सन समस्याबारे कुरा उठाउने बताइन् । 

बीजीडब्लुएस गोर्खा रेडियोका प्रबन्धक मेजर सोनाम छिरिङ सेर्पाले आफ्नो पुख्र्यौली थलो इलाम भएको सुनाए । इलामका सबै कुरा राम्रो भएको उनले बताए । बाँकी दिनमा पनि राम्रो गर्नुपर्नेमा उनको जोड रह्यो । समाजका अध्यक्ष गोपाल गिरीले संस्थाका गतिविधिबारे जानकारी दिए । थप राम्रा काम गर्दै अघि बढ्ने प्रतिबद्धता उनले जनाए । 

कार्यक्रम केही ढिलो सुरु भएको थियो । समाजका पूर्वअध्यक्ष रमेश गुरुङप्रति श्रद्धाञ्जलीस्वरुप एक मिनेट मौनधारण गरिएको थियो । संस्थाकी महासचिव रुसु पराजुलीले सञ्चालन गरेको कार्यक्रममा सेफ्टीबारे उपाध्यक्ष कृष्ण देवानले प्रस्ट्याएका थिए । संस्थाकी उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । 

कार्यक्रममा स्कुल, कलेजदेखि विश्वविद्यालय तहका विद्यार्थी र समाजमा योगदान गरेका केही व्यक्तिलाई सम्मान गरिएको थियो । भीसी कप विजेता इलाम एफसीलाई स्वागतसहित बधाई ज्ञापन गरिएको थियो । संस्थाका सचिव हर्क राईले राफेल ड्र, तम्बलाजस्ता खेल सञ्चालन गरेका थिए । चोक गुरुङले गीत गाएर मनोरञ्जन प्रदान गरे । कार्यक्रममा ‘इलाम हाम्रो पहिचान’ नामक वृत्तचित्र लोकार्पण गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.