टिपरको ठक्करले बालकको ज्यान गयो
मलंगवा : सर्लाहीको बागमती नगरपालिका १२ बथनियामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
ख्यालसाङ थिङका ५ वर्षीय छोरा आयुष थिङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आइतबार साँझ ना ४ ख २३०५ नम्बरको टिपरको ठक्करबाट आयुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घर अगाडीको कर्मैया-हथियौल क्षेत्रीय सडकखण्डमा जोडिएको भित्री सडकमा खेल्दै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ।
टिपरको ठक्करबाट बालकको ज्यान गएपछि स्थानिय आक्रोशित बनेका छन्। आक्रोशित स्थानीयले अहिलेसम्म बालकको शव उठ्न दिएको छैन्। ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।