साढे चार महिनापछि दुनैमा विजुली बल्यो
दुनै : डोल्पाको सदरमुकाम दुनैमा साढे चार महिनापछि विद्युत् सेवा सुचारु भएको छ । फागुन ४ गते नहरमा पहिरो गएर अवरुद्ध भएको विद्युत १४८ दिनपछि सञ्चालनमा आएको हो।
डिभिजन वन कार्यालयका इन्जिनियरको प्राविधिक सहयोग तथा नेपाल विद्युत प्राधिकरणको ५५ लाख लागतमा साढे चार महिनामा नहर मर्मत गरी विद्युत सुचारु गरिएको हो । नहर प्रभावकारीरुपमा मर्मत गरिएकाले अब प्राकृतिक विपत्तीे नआएमा र मेसिनमा समस्य देखिए निरन्तर विद्युत आउने भन्दै डिभिजन वन कार्यालयका इन्जिनियर बादल बुढा मगरले आश्वस्त पारे। लामो सकयपछि आइतबार बेलुकी साढे ५ बजेतिर वत्ति बेलेपछि स्थानीय हर्षित भएका छन् ।
काम राम्रो भएको र हाल मेसिनमा कुनै समस्या नभएको तर विद्युत खपत बढ्ने भएकाले लोडसेडिङ भने हुने नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रका प्रमुख शंकरसिंह ठकुरीले जानकारी दिए। विद्युत सुचारु भएसँगै उद्योग, सरकारी कार्यालय, निजी क्षेत्रका व्यावसायिक काम निमत हुने भएका छन्। विद्युत अभावका कारण जिल्लाका सामुदायिक रेडियोसमेत थिए।