बजेटमाथि छलफल सुरु

बजेटमाथि छलफल सुरु

धनगढी : सुदूरपश्चिम प्रदेशसभा बजेट पेश भएको २२औं दिन सोमबारदेखि छलफल सुरु भएको छ। प्रतिपक्षी दल कांग्रेस र राष्ट्रिय जनता पार्टीको विरोधका कारण बजेटमाथि छलफल सुरु हुन सकेको थिएन।

प्रदेश सरकारका मुख्य सचेतक तारा लामा तामाङले सरकारप्रति कडा कटाक्ष गरे। ‘लोकप्रिय सरकारले ल्याएको बजेट लोकप्रिय नै छ’, व्यंग्य गर्दै उनले भने, ‘राम्रो बजेटका बाबजुद पनि धेरै सांसदले मन खुम्च्याएका छन्।’ उनले प्रतिपक्षी सांसदलाई पनि तथ्यका साथ विरोध गर्न आग्रह गरे। २० मिनेट सभामा बोलेका तामाङले घुमाउरो पारामा सरकारलाई कटाक्ष गरेका थिए। तामाङबाहेक सत्तापक्षका सांसद कसैले पनि भाग लिएनन्। उनले बजेटमा असन्तुष्टि राख्दै सत्ता पक्षका २५ जना सांसदले हस्ताक्षर गरी सरकारलाई बुझाएका थिए।

तामाङपछि सभामा बोलेका कांग्रेसका सांसद श्यामलाल राना थारुले सरकारले बजेटमा कमजोरी भएको सरकारले नै स्वीकारेकाले सच्चिन आग्रह गरे। ‘एउटै योजना दुई ठाउँमा छन्’, उनले भने, ‘त्यस्ता कमजोरीलाई के भन्ने हो जानेर या नजानेर।’ उनले सरकारले सबै सांसदलाई समान व्यवहार गर्न नसकेको आरोप लगाए। सबै निर्वाचन क्षेत्रमा सन्तुलित तरिकाले बजेट पठाउन उनले सरकारलाई सुझाए।

कांग्रेसका अर्को सांसद टेकबहादुर रैकाले बजेटमा कमजोरी भएको धारणा व्यक्त गरे। ‘मेरै निर्वाचन क्षेत्रमा गएका योजनाका बारेमा मलाई थाहा छैन’, उनले भने, ‘कसरी र कसको आदेशमा योजना गएका हुन्, सरकारले सहमतीअनुसार भन्नुपर्छ।’ उनले सन्तुलित बजेटका लागि जस्तोसुकै कदम अगाडि सार्न तयार रहेको बताए। तीन सातापछि सुरु भएको छलफलमा पनि ३ सांसदले मात्र भाग लिएका हुन्।

बैठकमा ड्यापड्यापे समयमा प्रदेश सभा सदस्य पूर्णा जोशीले सर्पदंशको औषधि नहुँदा उपचार नपाएर डोटीमा सर्पको टोकाइबाट दुईको मृत्यु भएको बताइन्। उनले भनिन्, ‘बँदेलको आक्रमणबाट पनि सर्वसाधारण घाइते भए। दुईवटै घटनाका पीडित पक्ष र आफन्तलाई राहत दिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.