सर्लाही गोलीकाण्ड : कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध
काठमाडौं : विप्लवका नेता मारिएको घटनालाई लिएर नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन्।सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारसँग जवाफ माग गरेका थिए।
संसदमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिए।तर गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेस र राजपाले संसद अवरुद्ध गरेका हुन्।
सभामुखले दलहरुसँग परामर्श गरेर निर्णय लिने भनेपछि दुवै दलका सांसदले रोष्टम घेराउ गरे। प्रतिपक्षी दलको अवरोधपछि सभामुख महराले बैठक १५ मिनेटमा लागि स्थगित गरेका थिए।