म्याद अघि नै सिँचाइ आयोजना निर्माण

म्याद अघि नै सिँचाइ आयोजना निर्माण

पोखरा : मन्त्री आउँथे योजना शिलान्यास गरेर जान्थे। योजना पूरा हुनै वर्षाै लाग्थ्यो। उद्घाटन त कहिले हो कहिले। ठेकेदारले सम्झौताको म्याद थपेको थप्यै गर्थे। त्यस्तो विकृतिभन्दा परको उदाहरण कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ मा मंगलबार देखियो।

पोहोर पुसमा शिलान्यास गरिएको पौखोला सिमलबेसी सिँचाइ आयोजनाको शिलान्यास जुन मन्त्रीले गरेका थिए मंगलबार उनै गएर उद्घाटन पनि गरे। पौखोला सिमलबेसी सिँचाइ आयोजना आउँदो मंसिरभित्र निर्माण सक्ने गरी गण्डकी प्रदेश सरकारले ठेक्का दिएको थियो। तर असारको २० गते नै पूरा भयो। भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत आफैले शिलान्यास गरेको प्रदेशकै पहिलो विकासे आयोजना भनेको भन्दा पहिल्यै सकिएर उद्घाटन गर्न पाउँदा मंगलबार खुसी देखिए। 

प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सरस्वती निर्माण सेवासँग गत पुस २६ गते सम्झौता गरेको थियो। उपभोक्ता समितिले २३ लाख र उक्त ठेकेदार कम्पनीले ४६ लाख ७९ हजार रुपैयाँमा २०७६ मंसिर २६ आयोजना निर्माण गरिसक्नुपर्ने सम्झौता थियो। उपभोक्ताले ३ लाख रुपैयाँको श्रमदानसमेत गरी उक्त आयोजना असार २० मै सकेपछि मंगलबार मन्त्री बस्नेतले उद्घाटन गरे। उनले उपभोक्ताहरुको संयोजक गरेका शंकरमान गुरुङ र निर्माण व्यवसायी हरि लम्साललाई सम्मानसमेत गरे। 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर किरण आचार्यका अनुसार सिँचाइ १६ सय मिटर लामो छ। त्यसबाट ३० हेक्टर जमिन सिञ्चित हुनेछ। मन्त्री बस्नेतले उत्पादन बढाउन स्थानीयलाई आग्रह गरे। प्रदेश सरकारले कृषिमा समेत अनुदान दिने गरेको उनले सुनाए। ‘कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेश सरकार लागिरहेको छ’, उनले भने, ‘तपाईंहरुलाई सिँचाइ, कृषि औजार र उपकरणमा सरकारले सहयोग गर्छ।’

कतिपय आयोजनाको ठेक्का नै लाग्न नसकेको मन्त्री बस्नेतले सुनाए। तर उपभोक्ता जागरुक भएर लाग्दा म्यादअघि नै पूरा हुनसक्ने उदाहरण पौखोला सिँचाइ आयोजनाले दिएको उनको भनाइ थियो। सिँचाइमा प्रदेश सरकारले ३० लाखभन्दा कमको योजना नै नबनाएको जानकारी पनि मन्त्री बस्नेतले दिए। ‘संघ सरकारले ३ लाख पनि छुट्याएको छ’, उनले भने, ‘हामीले साना योजनामा पैसा हालेका छैनौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.