रोल्पामा मात्र विप्लवका २५ कार्यकर्ता पक्राउ

रोल्पामा मात्र विप्लवका २५ कार्यकर्ता पक्राउ

रोल्पा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २५ नेता कार्यकर्तालाई रोप्ला प्रहरीले पक्राउ गरेको छ। सरकारले विप्लवलाई प्रतिबन्ध लगाएयता प्रहरीले उनीहरूको खोजविनमा सक्रियता बढाएको छ। प्रहरी सक्रिय भएपछि विप्लव समूहका नेता सदरमुकाम लिबाङमा देखिन छाडेका थिए।

नेकपाको गतिविधिमा निगरानी गर्न सादा पोसाकमा प्रहरी गाउँ–गाउँमा परिचालन गरीएको प्रहरीले बताएको छ। यता नेकपा विप्लवका नेता कार्यकर्ताहरू भने जनतामाँझ आफ्ना अभियान जारी राखेको दाबी गर्दै आएका छन्। जिल्ला प्रहरी प्रमुख दीपक खड्काले भने, ‘शान्ति सुरक्षामा खलल पार्ने र विस्फोटनका घटनामा संलग्न रहेको आरोपा पक्राउ गरिएको हो। अन्य नेता कार्यकर्ताको पनि खोजी जारी राखेका छौं।’

प्रहरीका अनुसार रोल्पा जिल्ला इन्चार्ज जयप्रकाश रोकामगर ‘प्रताप’समेत पक्राउ परेका छन्। थवाङका रैथाने प्रताप पहिलो पटक पक्राउ परेका हुन्। उनीसहित केही नेता अहिले हिरासतमा छन्। पक्राउ परेका २५ जनामध्ये तीन जना रिहा भइसकेका छन् भने तीन जना पुर्पक्षका लागि थुनुवाका रुपमा कारागार पठाइएका छन्। ९ जना कार्यकर्ता जिल्ला प्रहरीको हिरासतमा छन्।

पक्राउ परेका धेरैलाई सार्वजनिक अपराध, शान्ति सुरक्षामा खलल पुर्‍याएको र विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको छ। पक्राउ परेपछि कतिपयले पार्टी छाडिसकेको बताउने गरेका छन्। केही महिनाअघि पक्राउ परेका तीन नेता धरौटीमा रिहा भए। २४ दिन हिरासतमा बसेका गंगादेव गाउँपालिकाका टिकाराम परियार, सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका नेपेन्द्र सेन र रोल्पा नगरपालिका–४ लिवाङका लालबहादुर सुनार रिहा भएका थिए।

रोल्पामा जिल्ला र गाउँस्तरका नेता पक्राउ गर्दै आएका छन्। केन्द्रीय नेता चुडामणी वली र जनसत्ताका नेता लालबहादुर वली ‘विश्व’ छिमेकी जिल्ला सल्यानको कपुरकोटबाट पक्राउ परेका थिए। केन्द्रीय नेता आदर्श सुनसरी अदालतको आदेशमा सोमबार साधारण तारेखमा छाडिएका हुन्। उनका भाई विश्व भने रोल्पाको हिरासतमा छन्। प्रहरीका अनुसार जिल्लामा पक्राउ परेका कतिपयको मुद्दा अन्य जिल्लामासमेत रहेकाले उतै पठाइएको छ।

आफ्नो सक्रियताले शान्ति सुरक्षा कायम गर्न सघाउ पुगेको प्रहरीको दाबी छ। तर नेकपाले भने आफूहरूको गतिविधि जनस्तरमा चलिरहेको दाबी गरेको छ। नेकपाले गंगादेव गाउँपालिकामा दुई साताघि प्रतिबन्धविरुद्ध खुला सभासमेत गरेको थियो। नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ले सरकारले शान्तिपूर्ण राजनीति गर्न पाउने अधिकारमाथि नै बन्देज लगाएर आफ्ना नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरेको भन्दै आपत्ति जनाए।

बन्दका क्रममा सवारी तोडफोड र स्थानीय तहमा आक्रमण हुन थालेपछि स्थानीय नागरिक त्रसित छन्। नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद लेखनाथ आचार्यले नेकपाबाट अराजनीतिक क्रियाकलाप हुनु र सरकारबाट अनावश्यक गिरफ्तारी गरिने दुवै कार्यले द्वन्द्व निम्तिनसक्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.