उच्च पहाडमा रोपाइँ बढी

उच्च पहाडमा रोपाइँ बढी

काठमाडौं : असार २२ सम्ममा देशभर २३.७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा २९ प्रतिशत कम हो। गत वर्ष असार २२ सम्म ५२.९५ प्रतिशत रोपाइँ सकिएको थियो। तराईका तुलनामा उच्च पहाडमा रोपाइँ बढी भएको छ।

उच्च पहाडमा क्षेत्रफल कम र समयमै पानी परेकाले रोपाइँ बढी भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार सबैभन्दा कम तराईमा २०.६१ प्रतिशत रोपाइँ भएको छ। अघिल्लो वर्ष यसै अवधिमा तराईमा ५१.५९ प्रतिशत रोपाइँ सकिएको थियो। तराईको कुल धानखेतीयोग्य क्षेत्रफल ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमध्ये गत शुक्रबारसम्ममा २ लाख १ हजार ४ सय ७ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ।

‘अन्न भण्डारको मुख्य स्रोत तराईमा रोपाइँ कम हुनुमा अकाशे पानी कम पर्नु नै हो’, केन्द्रकी प्रमुख शबनम शिवाकोटीले भनिन्,‘तराईमा अहिले पनि मनसुनी वर्षा पूर्णरूपमा सक्रिय भएको छैन। पानी अभावमा ब्याडसमेत सुक्न थालेको छ।’

यो वर्ष हालसम्म सबैभन्दा बढी उच्च पहाडमा ३४.६४ प्रतिशत रोपाइँ भएको छ। अघिल्लो वर्ष यो अवधिमा उच्च पहाडमा ६१.६५ प्रतिशत रोपाइँ भएको थियो। ४८ हजार एक सय ९३ हेक्टरमध्ये १६ हजार ६ सय ९३ हेक्टरमा रोपाइँ गरिएको छ। यस्तै मध्य पहाडमा ३१.१५ प्रतिशतका दरले ३ लाख ४६ हजार ९९ हेक्टरमध्ये १ लाख ७ हजार ८ सय १ हेक्टरमा किसानले धानको रोपाइँ गरेका छन्। अघिल्लो वर्षमध्य पहाडमा यो समयमा ५५.६१ प्रतिशत रोपाइँ भएको थियो।

धानको कुल क्षेत्रफल १५ लाख ५२ हजार हेक्टरमध्ये यो वर्ष १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा बर्खे धान बालीको रोपाइँ हुने मन्त्रालयले प्रक्षेपण गरेको छ। बाँकी क्षेत्रफलमा चैते धान लगाइएको छ। अत्यधिक धान उत्पादन हुने जिल्लामध्ये झापामा २२, मोरङमा १७, सुनसरीमा १३, धनुषामा ५, महोत्तरीमा ९, सर्लाहीमा १०, पर्सामा १५, बारामा १७, रौतहटमा १०, सप्तरीमा ९, सिरहामा ९ र चितवनमा १०.६६ रोपाइँ सम्पन्न भएको छ। नवलपरासीमा १७, कपिलवस्तुमा १७, रूपन्देहीमा २५, बाँकेमा २०, बर्दियामा २९ र कैलालीमा ४० प्रतिशत रोपाइँ भएको छ।

मौसमको प्रतिकूलताका कारण यो वर्ष धान उत्पादन करिब ५ प्रतिशत घट्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। ‘तराईमा अझै मनसुन सक्रिय नभए उत्पादनमा थप गिरावट आउन सक्छ’, प्रमुख शिवाकोटीले भनिन्। नेपाली किसान पानी र रासायनिक मल दुवैको चर्को अभाव व्यहोर्न बाध्य छन्। कुल खेतीयोग्य जमिनमध्ये १८ प्रतिशत जमिनमा मात्रै १२ महिना सिँचाइ सुविधा छ। नेपालमा वार्षिक ६९ लाख टन धानको माग छ।

बढी उत्पादन भएका जिल्ला

केन्द्रको तथ्यांकअनुसार कञ्चनपुर, डडेलधुरा, बाग्लुङ, सल्यान, पर्वत र बझाङमा मा ५० प्रतिशतको दरले रोपाइँ भएको छ। यस्तै बैतडी र रुकुम पश्चिममा ५५, दार्चुलामा ५७, जाजरकोटमा ८५, हुम्लामा ९५, डोल्पामा ९५, मुगुमा ९७, कालीकोटमा ६०, जुम्लामा ९५, दाङमा ७५, प्युठानमा ७५, रुकुम पूर्व ८०, रोल्पामा ७५, भक्तपुरमा ६० र भोजपुरमा ५७ प्रतिशत रोपाइँ भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.