ट्र्याक खुलेको ४४ वर्षमा पनि सडक बनेन

ट्र्याक खुलेको ४४ वर्षमा पनि सडक बनेन

 सुर्खेत : सुर्खेतको धुलियाविट–भेडावारी सडकको ट्र्याक खुलेको चार दशक बित्यो। तर अहिलेसम्म कालोपत्रे हुन सकेको छैन। ४४ वर्ष अघि उक्त सडकको ट्र्याक खोलिएको थियो। मर्मत तथा स्तरोन्नति नहुँदा यो सडक वर्षातमा हिलाम्य र अरुबेला धुलाम्य हुने गरेको छ।

तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउने भएपछि उनलाई देखाउनकै लागि २०३२ सालमा यो सडकको ट्र्याक खोलिएको थियो। त्यसयता यो सडकको स्तरोन्नति र कालोपत्रेका लागि पहल भएको छैन। हरेक दिन दर्जनौंं सवारी गुड्ने सडकमा यात्रुलाई सुविधा भन्दा सास्ती बढी छ। जिल्लाका पूर्वी तथा उत्तरी क्षेत्रका गाउँलाई सदरमुकाम वीरेन्द्रनगरसँग जोड्ने प्रमुख सडक नै वर्षौंदेखि स्तरोन्नतिको पखाईमा छ।

खाल्डाखुल्डी र सडकमा पर्ने खोलामा पुल नहुँदा सवारी आवागमनमा सास्ती हुने गरेको छ। यसै सडकलाई विस्तार गरेर प्रदेश नम्बर ५ को दाङ्ग जोड्ने योजना छ। सडक स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुन्छ। तर न्यून बजेटका कारण मर्मतको काम अधुरै हुने गरेको छ। ‘यो सडकखण्डको व्यावरेदेखि लामपोखरीसम्म ५० दिन मैले पनि खनेको हुँ’, ७६ वर्षीय पदमबहादुर रसायलीले भने, ‘ अहिलेसम्म सडक बनेको छैन। यसै सडकमा हिँड्न पाइने आश त्यतिकै रहने भयो।’ लेखपर्साका ६३ वर्षीय केवले दमाईले पनि एक महिनासम्म खारपानीबाट खहरे खोलासम्मको क्षेत्रमा सडक खनेका थिए।

दशरथपुरका गंगबहादुर दर्लामी पनि ७०/७५ जना स्थानीयलाई साथमा लिएर सडक खनेको सम्झन्छन्। तर हालसम्म पनि सडक कालोपत्रे नहुँदा सपना अधुरै रहेको उनीहरुको दुखेसो छ। सडकको स्तरोन्नति र कालोपत्रे दलको चुनावी नारा बन्दै आएको छ। लेकबेशी नगरपालिकाका मेयर गगनसिंह सुनारले नगरको सम्पूर्ण बजेट खर्चिदा पनि सडकको स्तरोन्नति गर्न सम्भव नरहेको बताए।

‘एक आर्थिक वर्षको पुरै बजेटले पनि सडकको स्तरोन्नति हुने सम्भावना छैन’ उनले भने, ‘अहिले मदनभण्डारी राजमार्ग अन्तर्गत केन्द्रिय योजना मै परेको छ, आशा गरौं अब जनताले धेरै दुःख पाउनुपर्ने छैन।’ सडक स्तरोन्नति भए पूर्वी सुर्खेतका नागरिकले सहज यातायात सुविधा पाउने छन्। सुर्खेतबाट काठमाडौं जानलाई समेत हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्नेछ। चार दशकसम्म पनि कालोपत्रे हुन नसकेको धुलियाविट–भेडावारी सडक खण्डमा पल्टिएको ट्र्याक्टर। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.