ओखलढुंगा–रुम्जाटार सडक कालोपत्रेको काम अधुरै

ओखलढुंगा–रुम्जाटार सडक कालोपत्रेको काम अधुरै

ओखलढुंगा :ओखलढुंगाको सदरमुकामस्थित रमाइलोडाँडा–रुम्जाटार सडकखण्डमा थालिएको कालोपत्रेको काम निर्माण कम्पनीको लापरवाहीले तोकिएको म्यादभित्र पुरा नहुने भएको छ। विभिन्न बहाना कम्पनीले ढिलासुस्ती गरेपछि दोस्रो पटक थपिएको म्याद सकिन एक हपता मात्रै बाँकी रहँदा कालोपत्रेको काम अधुरै छ।

सडकको वेश तथा नाली निर्माणको काम सकिए पनि कालोपत्रे लगाउने काम भने अझै शुरु भएको छैन। १८ महिनामै सक्नेगरी २०७४ साल जेठमा थालिएको ११.१ किलोमिटर सडकको काम समयसीमा नाघिसक्दा सम्म ७० प्रतिशत मात्रै काम सकिएको छ। पहिलो पटकको सम्झौता म्याद सकिएपछि दोस्रो पटकका लागि थपिएको म्याद समेत चालु आर्थिक वर्षमा सकिदैछ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाईले रमाइलोडाँडा–रुम्जाटार सडक खण्डमा डीबीएसटी कालोपत्रे बिछ्याउने काम ठेकेदार कम्पनी तामाङ कुमार जेभीलाई दिएको थियो। पटक पटक म्याद थप गर्दापनि अझै ३० प्रतिसत काम बाँकी रहेको र थप गरीएको समय सिमामा पनि निर्माण कम्पनिले काम नसक्ने देखीएको राष्ट्रिय पुनर्निर्माण प्राधिरकण जिल्ला आयोजना कार्यान्वय इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय ओखलढुंगाका आयोजना प्रमुख युवराज खरेलले बताए। कार्यालयले ठेकेदार कम्पनीलाई चाँडो र गुणस्तरीय काम गर्न दबाब दिइरहेको उनको भनाइ छ।

ठेकेदार कम्पनीले डीबीएसटी फस्ट कोटको कालोपत्रे बिछ्याउने काम ३ किलोमिटर मात्रै सम्पन्न गरेको छ। एशियाली विकास बैंक र स्वीस सरकारको सहयोगमा २० करोड ६८ लाख लागतमा उक्त सडक कालोपत्रे हुन लागेको हो। ठेकेदारको ढीलासुस्ती, वर्षाद्, कच्चापदार्थको ढुवानी र भण्डारणको कारण देखाएर निर्माण कम्पनीले कालोपत्रेको काममा ढिलाइ गरेको छ। अन्तिम पटक थपिएको म्यादभित्र ८ किलोमिटर कालोपत्रेको काम बाँकी हुने देखिएको छ। यो आयोजना सम्पन्न भए रुम्जाटार र चिशंखुगढी गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.