एक घरमा तीन फलफूलका बिरुवा अभियान

एक घरमा तीन फलफूलका बिरुवा अभियान

बाजुरा : बडिमालिका नगरपालिका वडा नम्बर ७ ले 'एक घर तीन फलफूलका बिरुवा' अभियान संचालन गरेको छ। वडालाई कृषि र फलफूलमा आत्मनिर्भर बनाउन अभियान संचालन गरेको बडिमालिका नगरपालिका ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए। वडामा विभिन्न प्रजातिका दुई हजार ५०० बिरुवा वितरण गरेको उनले जानकारी दिए।

यो आर्थिक वर्षमा ३४१ परिवारलाई कागती, सुन्तला र मौसमी गरी २ हजार ५०० बिरुवा वितरण गरिएको  छ। आगामी आर्थिक वर्षमा कार्यक्रमलाई निरन्तरता दिई सबै वडाबासीलाई फलफूलका बिरुवा वितरण गर्ने योजना छ।

‘फलफुलका बिरुवा रोप्नुमात्र ठूलो कुरा होइन। सबै मिलेर जोगाउनुपर्छ। हामीले रोपेका बिरुवा सबै हुर्कने हो भने सबैतिर जंगल हुने छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.