मधेशका समस्या वारे प्रतिवेदनको तयारीमा मधेशी आयोग
काठमाडौं : गत चैतमा सरकारले गठन गरेको मधेशी आयोगले मधेशमा रहेको समस्या वारे सरकारलाई प्रतिवेदन दिने अन्तिम तयारी गरेको छ ।
प्रदेश नम्बर १, २, ५ र ७ का विभिन्न ठाउँमा अन्तरक्रिया गरिसकेको आयोगले बुधवार काठमाडौंमा रहेका मधेश सम्बद्ध अगुवासँग अन्तक्रिया गरे । आयोगले बुधवार काठमाडौंमा आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आयोगले प्रदेश सहित काठमाडौंमा गर्न लागेका कार्यक्रमले ल्याउने रिर्पोट सरकारको लागि उपयोगी हुने बताए ।
पोखरेलले सरकार मधेशमा उठेका सवाललाई साकारात्मक रुपमा सम्बोधन गर्न तयार रहेको भन्दै आयोगले तयार पार्न लागेको प्रतिवेदनप्रति आशावादी भएको बताए ।
आयोगको अध्यक्ष विजय दत्तले आफूहरुले प्रदेशमा गरेको अन्तक्रियाको आधारमा समस्याको वर्गीकरण गरेको र त्यसमा थप छलफलका लागि काठमाडौंमा कार्यक्रम आयोजना गरेको जनाए ।