मृत्युको आयु बजारमा

मृत्युको आयु बजारमा

काठमाडौं : साहित्यकार डा. रवीन्द्र समीरको १२ औं कृति ‘मृत्युको आयु’ बजारमा आएको छ । 

मृत्युको आयु उपन्यास १ सय ६६ ससाना च्याप्टरमा लेखिएको छ । पुस्तकमा दैनिक अरबबाट फर्किने रातो बाकसका  नेपाली श्रमिकको कथामा आधारित छ ।  उपन्यास पात्रको मृत्युदेखि सुरु भएर अन्तिम संस्कारको १३ औं दिनमा सकिन्छ ।

‘रातो बाकसमा उनीहरूको जीवनसँगै सपना र रहर पनि मृत भएर आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्व गर्ने एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो’, आख्यानकार अमर न्यौपानेले भूमिकामा लेखेका छन् । 

आख्यानकार नयनराज पाण्डेले पनि एउटा खास किसिमको आकारमा आइरहेको नेपाली आख्यान क्षेत्रमा ‘मृत्युको आयु’ फरक खालको कथावाचन शैलीमा प्रस्तुत भएको बताए ।  

ब्ल्याक ह्यूमरको प्रयोग यो सूत्र उपन्यासको अर्को बलियो पक्ष भएको उनको भनाइ छ । कलाकार हरिवंश आचार्यले मृत्युको आयु अनौठो उपन्यास भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो उपन्यास लेख्दा लेखकले आफ्नो मनलाई निकै काबुमा राख्नु पर्छ भने पाठकलाई झन् संवेदनशील र कारुणिक बनाउँछ ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.