भारतीय मिस टीन प्रतियोगीताको उपाधि नेपाली चेलीलाई

भारतीय मिस टीन प्रतियोगीताको उपाधि  नेपाली चेलीलाई

झापा : भारतीय सौन्दर्य प्रतियोगिता मिस टिन भारत २०१९ को उपाधि नेपाली चेली निकिता थापामगरले जितेकी छन्। भारतका ३० वटा प्रान्तबाट सहभागी सबैलाई पछि पार्दै मगरले उपाधि जितेकी हुन्। 

१७ वर्षीया निकिता झापा मेचीनगर नगरपालिका ५ नकलबन्दाकी हुन्। प्रतियोगितामा निकिताले भारतको सिलिगुडीबाट अडिसन दिएकी थिइन्। कक्षा १२ को परीक्षा दिएर बसेकी निकिता काँकडभिट्टा क्याम्पसमा पढ्दै छन्। 

निकिताले मिस टीन भारतको उपाधिसँगै १ लाख भारु नगद  जितेकी छन्। उपाधि सँगै उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट फिल्ममा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.