स्तरीय शिक्षा सरकारले दिएन, विदेश भए पनि जानुस् : बाबुराम भट्टराई

स्तरीय शिक्षा सरकारले दिएन, विदेश भए पनि जानुस् : बाबुराम भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा स्तरीय शिक्षा नपाएका कारण विद्यार्थी विदेश जानुपरेको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको शैक्षिक मेलाको उद्घाटन कार्यक्रममा उनले बिहीबार यस्तो बताएका हुन् ।

मुलुकभित्र सरकारले विद्यार्थीलाई स्तरीय शिक्षा दिन नसकेको उनले बताए । कुनै पनि मुलुक विकासका लागि स्तरीय शिक्षा मुख्य शर्त भएको उनले बताए । ‘म आफैं पनि गत वर्ष युरोप र अमेरिकाको एक महिने भ्रमणमा गएको थिएँ । त्यहाँको विकासको मुख्य कारक भनेको स्तरीय शिक्षा नै रहेछ’, भट्टराईले भने, ‘मुलुक विकास गर्ने हो भने नेपालीले विदेशै गएर भए पनि स्तरीय शिक्षा लिनुपर्छ ।’ विदेशमा पढे पनि सीप सिकेपछि स्वदेशमै फर्कन उनले विद्यार्थीलाई अनुरोध गरे ।

संघका अध्यक्ष विष्णुहरि पाण्डेले गलत धन्दा गर्ने शैक्षिक परामर्श व्यवसायीलाई सरकारले कारवाही गर्न नसकेको बताए । विदेश जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर लिने लगायतका विषयमा सरकारले अनावश्यक झन्झट दिएको आरोप लगाए ।

उद्घाटन समारोहमा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार परिषद्‍का अध्यक्ष राजेन्द्र बराललाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.