सरकारविद्ध नेविसंघको मसाल जुलुस
काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै मसाल जुलुस निकालेको छ। भारतबाट आयत हुने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न रोकेको भन्दै नेविसंघले राँके जुलुस निकालेको हो।
तरकारीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा भएको चुलुस बालाजु चोकबाट सुरु भई बालाजुको बाइपासबाट चोकसम्म भएको थियो।
जुलुसका क्रममा नेविसंघका दुई दर्जन बढी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भट्टसहित निरन्जन थापा, पवन थापा, सुवास घिमिरे, सुदीप अधिकारी, विजय ढुङ्गना, मनोज राना, सौरव घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिपजंग साह, अमृत लामिछाने, उत्सव अवस्थी र अनिल महर्जन रहेका छन्।