‘रामायणले जीवन जीउने कला सिकाएको छ’

‘रामायणले जीवन जीउने कला सिकाएको छ’

काठमाडौं : प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले भानुभक्तीय रामायणले जीवन जिउने कला सिकाएको बताएका छन्। रामायणले नेपाली समाजमा गहिरो प्रभाव पारेको बताउँदै उनले भाषा-साहित्यको जग बसाल्न समेत उल्लेख्य सहयोग पु¥याएको बताए।

नेपाल प्रज्ञा-प्रतिष्ठान, संस्कृति विभाग तथा बालसाहित्य र लोकवार्ता विभाग एवं भानु प्रतिष्ठानद्वारा संयुक्त रूपमा आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्तीका अवसरमा राजधानीमा बुधबार आयोजित विचार गोष्ठीमा सदस्य सचिव उपाध्यायले यस्तो बताएका हुन्।

उनले भने, ‘मानिसलाई सत्कर्ममा लाग्न र जीवन जिउने कला पनि रामायणले नै सिकाएको छ। यसकारण भानुभक्तको चिन्तनलाई हाम्रो चरित्रमा उतार्नु नै भानु जयन्तीको मूल सन्देश हो।’

प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आदिकवि भानुभक्तमा सत्गुणी र लोकको उपकार गर्ने विशेषता भएका कारण रामायणलाई नेपाली भाषामा अनुवाद गर्न सफल भएको बताए। उनले भने, ‘रामायण र अन्य कृतिका माध्यमबाट भानुभक्त विश्वसामू चिनिन सफल हुनुभयो। निष्ठा र निःस्वार्थ भावका साथ कर्म गर्ने मानिस एक न एक दिन सफल भएरै छाड्छ।’

प्रज्ञा-प्रतिष्ठानका बालसाहित्य र लोकवार्ता विभागका प्रमुख डा. देवी नेपालले नेपाली समाजका विभिन्न समुदाय र संस्कृतिमा भानुभक्तीय रामायणको अत्यन्त गहिरो प्रभाव रहेको बताए। उनले भानुभक्तीय रामायणका माध्यमबाट विश्वमा नेपाली संस्कृति र सम्पन्नताको प्रचार गर्न सकिनेमा जोड दिए।

भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यले प्रतिष्ठानले भानुभक्त र भानुभक्तीय रामायणलाई केन्द्रमा राखेर नेपाली भाषा र साहित्यको विकासका लागि काम गरिरहेको जानकारी दिए। डा. तुलसीप्रसाद भट्टराईले ‘भानुभक्तीय रचनाको सामाजिक पक्ष’ र डा. भक्त राईले ‘नेपाली लोकजीवनमा रामायण संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरे।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.