उपल्लो मुस्ताङको यो तस्बिर
मुस्ताङ : उपल्लो मुस्ताङमा लोपोन्मुख ऐतिहासिक ल्हामो नाटक मञ्चन भएको छ। गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा नेपाल हिमालयन ल्हामो समाजले ओपेरा लोक गीति नाटक मञ्चन गरेको हो।
ऐतिहासिक लोमान्थाङ दरबारमा भएको नाटक मञ्चन कार्यक्रममा लोमान्थाङबासीको उत्साहपूर्ण सहभागीता थियो। करिब ३० को दशकअघि उपल्लो मुस्ताङमा यसप्रकार नाटक देखाउने चलन थियो। ऐतिहासिक, सामाजिक, धार्मिक र सांस्कृतिक जीवन्त कथाले भरिएको हिमाली मौलिक कथामा आधारित ल्हामो नाटक प्रस्तुत गरिएको हो।
ससुराबाट गरिने व्यवहार र समाजले उनीहरुलाई हेर्ने मान्यतालाई नाटक प्रस्तुतिले समाज रुपान्तरणको दिशामा सन्देश प्रवाह गर्ने गरेको छ।
निकै पुरानो मानिने यसप्रकार नाटक पछिल्लो पुस्ताले अनुसरण गर्न छाडेको सांसद बिष्ट बताउँछन्। हिमाली जीवन शैली सामाजिक कथावस्तु, भेषभूषा र मौलिक सभ्यताले उपल्लो मुस्ताङको जीवन्त बनाएको छ।
बिहीबार यो नाटक मञ्चन भएको हो। नाटक मञ्चनमा ओपेरा लोक गीति नाटक समूहका कलाकार सहभागी थिए। नाटक मञ्चन ल्हामो समाजले गरेको हो।
ल्हामो समाजको ओपेरा समूहले यस्तै खालका संस्कृति संरक्षण गर्ने र सचेतना फैलाउने कार्य गर्दै आइरहेको छ। नाटकमा विभिन्न देवी देवता तथा जनावरको मुकुट लगाएर नाटक देखाइने चलन छ।