कांग्रेस बैठक आज, शशांक निवासमा छुट्टै भेला

कांग्रेस बैठक आज, शशांक निवासमा छुट्टै भेला

काठमाडौं : कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ। त्यसका लागि रणनीति तय गर्न सभापतिइतर पक्षको बैठक बिहीबार महामन्त्री डा. शशांक कोइरालाको निवासमा बस्यो।

उनीहरूले चाँडै महाधिवेशनमा जानका लागि सभापति शेरबहादुर देउवालाई दबाब दिन थालेका छन्। नियमित महाधिवेशन फागुनमा हुनुपर्ने भए पनि त्यो सम्भव नदेखिएकाले जेठदेखि असारसम्ममा गर्न सकिने पौडेल पक्षको प्रस्ताव छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडानपछि १४औं महाधिवेशनलाई पनि छलफलको एजेन्डा बनाइएको छ। आइतबारको बैठकमा १४ वटा एजेन्डा प्रस्तुत गरिएको थियो।

कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार पार्टीको जागरण अभियानसँगै क्रियाशील सदस्यता वितरण आह्वान गरे महाधिवेशन प्रक्रिया थालनी हुन सक्छ। ‘शुक्रबारदेखि हुने छलफलमा पहिला नियमावली पास गर्ने कुरा हुन्छ’, उनले भने, ‘त्यसपछि महाधिवेशनसहित अन्य पक्षमा कुरा राख्छौं।’ विधानअनुसार महाधिवेशन गर्न एक वर्षपूर्व क्रियाशील सदस्यताका लागि आह्वान गर्नुपर्ने हुन्छ।

नियमावली पास भएसँगै अन्तरिम संरचना बनाउनुपर्ने, लगत्तै महाधिवेशन कार्यतालिका सार्वजनिक गरी अघि बढ्ने सहमति सभापतिसँग भएको दाबी उनले गरे। आइतबार सुरु बैठकको पूर्वसन्ध्यामा पनि महामन्त्री कोइरालाको निवासमा छुट्टै छलफल चलाइएको थियो। वरिष्ठ नेता पौडेलसहित देउवाइतर पक्षले महाधिवेशनको एजेन्डामा छलफल हुनुपर्ने अडान लिएका थिए। महाधिवेशन मुद्दालाई अनावश्यक ढंगले उठाइएको देउवा पक्षको बुझाइ छ। असन्तुष्ट पक्षले भने सभापति महाधिवेशन टार्ने खेलमा रहेको आशंका गरिरहेका छन्।

सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूहरू महाधिवेशनविरोधी नभएको बताए। ‘हामीले पनि महाधिवेशन नचाहेका होइनौं’, उनले अन्नपूर्णसँग भने, ‘नयाँ विधानअनुसार अघि बढ्नुपर्छ।’ देउवाले आइतबार अन्तरिम संरचना निर्माणपछि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अघि बढने प्रतिबद्धता जनाएका थिए। सभापति पक्ष अन्तरिम संरचना, भ्रातृ संस्थामा नयाँ नेतृत्व ल्याउनुपर्ने भएकाले त्यो सबै गरेर महाधिवेशनमा जाने सुरसार देखिएको छ।

कांग्रेसले पुससम्मका लागि तीन चरणको जागरण अभियान घोषणा गरेको छ। पहिलो चरणको अभियान सम्पन्न भइसकेको छ। भदौमा दोस्रो र पुसमा तेस्रो चरणको अभियान गर्ने कार्यतालिका छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.