पाँच वर्षदेखि अलपत्र रिठ्ठा पुुल
अछाम : अछाम र बाजुुरा जोड्ने रिठ्ठाकोे पुुल पाँच वर्षदेखि अधुुरै छ । पुुल आसपासको जग्गाको सम्पूर्ण मुुआब्जा नपाएको भन्दै स्थानीयले अवरोध गरेपछि पुुल निर्माणको काम अलपत्र बनेको हो । अछाम मेल्लेख गाउँपालिका कुुस्कोट, ठाँटी क्षेत्रका नागरिकलाई आवतजावतमा समस्या भएपछि बाजुुराको रिठ्ठा बजार बिरास्थित बूढीगंगामा ७५ मिटर लामो पुुलको ६ वर्ष पहिले निर्माण सुुरु भएको हो । थप मुुआब्जा नदिएको भन्दै स्थानीयले पटक–पटक काम अवरोध गर्दै आएका थिए ।
पुुलले अछामको मेल्लेख गाउँपालिका–४ ठाँटी र बाजुुराको बूढीगंगा नगरपालिका–८ लाई जोड्नेछ । एकै टोलका २३ जनाको जग्गा पुुल निर्माणस्थलसम्म जाने सडकमा परेपछि समस्या भएको बाजुुरा बूढीगंगा नगरपालिका–८ का वडा सदस्य सुुरेन्द्र थापाले बताए । ‘सरकारी दररेटअनुुसार १४ लाख दिने सहमति भएपछि स्थानीयले काममा अवरोध गरेका थिए’, उनले भने, ‘मुुआब्जा दिने आश्वासन पाए पनि सबै रकम नपाएकाले काम गर्न नदिएका हुुन् ।’ उनका अनुुसार अझै ५ लाख पाउन बाँकी छ । गत चैत १ गते सर्वपक्षीय छलफलबाट बाँकी रकम यही असारमा मेल्लेख गाउँपालिकाले दिने सहमति भए पनि अहिलेसम्म रकम दिने विषयमा गाउँपालिकाले सुुनुुवाई नगरेको स्थानीयको गुुनासो छ । पुुल निर्माणका लागि ल्याइएका सामग्री रिठ्ठा बजारमा अलपत्र अवस्थामा छ ।
तीन वर्षसम्म पुुलको काम ठप्प रह्यो । स्थानीयको अवरोधका बाबजुुद करिब ७० प्रतिशत काम सम्पन्न भएको पुुल निर्माणको जिम्मा पाएको स्वाँर कन्स्ट्रक्सनका प्रोप्राइटर रवि स्वाँरले दाबी गरे । ०७१ मा तत्कालीन जिल्ला विकास समितिसँग सम्झौता भएको पुुल २ वर्षमा बनाइसक्ने गरी स्वाँर कन्स्ट्रक्सनले जिम्मा लिएको हो । उनले भने, ‘चारवटा पिल्लर र आसपास पर्खाल बनाउने काम सकिएको छ ।’ वर्षाको समय भएकाले अहिले काम रोकिएको छ । अवरोध नभए आउँदो वर्ष पुुल निर्माणको काम सक्ने प्रतिबद्धता कम्पनीको छ । भ्याटबाहेक चार करोड ७८ लाख ८८ हजार चार सय ५२ रुपैयाँ लागतमा पुुल निर्माणको ठेक्का दिइएको थियो ।
साढे चार करोड भुुक्तानी
२२ महिनामा निर्माण सम्पन्न हुुने गरी सम्झौता भएको चित्रेपुुल ६ वर्षसम्म सम्पन्न हुुन सकेको छैन । चौरपाटी–मंगलसेन जोड्नेमध्ये पहाडी लोकमार्गअन्तर्गतको पुुल हो ।
बूढीगंगा नदीमा निर्माण हुुन लागेको उक्त पुुलको २०७० साल भदौमा अनक नन्देगडा तुुलसी जेभिसँग सम्झौता भएको थियो । २०७२ साल असारमा पुुल बनाइसक्ने सम्झौता भए पनि अझैसम्म हुुन नसकेको हो ।
स्थानीय नन्देगडा तुुलसी दुुर्गा जेभीसँग तत्कालीन जिल्ला विकास समितिले गरेको सम्झौताअनुुसार सय मिटर लम्बाइको पुुल भ्याटबाहेक ५ करोड ६३ लाख १५ हजार ७ सय ६६ रुपैयाँमा २२ महिनामै काम सक्नुुपर्ने हो । अहिलेसम्म ४ करोड ५० लाख रुपैयाँ भुुक्तानी भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
सम्झौता अनुुसार स्टिमेटमा उल्लेख नभएका कारण पुुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले दाबी गरेको छ । अनक तुुलसी जेभीले नन्देगडा कन्स्ट्रक्सनलाई जिम्मा दिँदा ढिलाइ भएको र अहिले आफैंले काम गर्न सुुरु गरेको अनक कन्स्ट्रक्सनका प्रतिनिधि राम न्यौपानेले बताए । उनले भने, ‘विभिन्न कारण देखाउँदै यहाँ स्थानीय कम्पनीले काममा ढिलाइ गर्दै आएको थियो । अहिले निर्माणको जिम्मा पाएको कम्पनीले आफैं काम गर्न थालेपछि एक वर्षभित्रै काम सकिनेछ ।’