माधव नेपाल र श्रीलंकाली नेताबीच भेटघाट

माधव नेपाल र श्रीलंकाली नेताबीच भेटघाट

काठमाडौं : श्रीलंका भ्रमणमा रहेका नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेतासँग भेटघाट गरेका छन्।

बिहीबार नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिलविक्रम सिंगेबीच भेटघाट भएको हो। यस्तै भेटका क्रममा उनले सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजाकोलुरलगायतसँग पनि भेटघाट गरेका छन्।

श्रीलंकाको कम्युनिस्ट पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन नेता नेपाल कोलम्बो पुगेका हुन्। भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो। 

लामो समय द्वन्द्व भोगेका दुबै मुलुकका नेताले आ-आफ्नो देशकाद्वन्द्व समाधानका अनुभवका बारेमा चर्चा गरेका थिए। भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो।असार २३ गते कोलम्बो प्रस्थान गरेका नेता नेपाल असार २९गते स्वदेश फर्किने कार्यतालिका छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.