पहिरो खसेपछि दोभान बजारका तीन घर जोखिममा
ताप्लेजुङ : तमोर र मैवा नदीको किनारमा रहेको ताप्लेजुङको दोभान बजारका तीन घर पहिरोको जोखिममा परेका छन्। घरको मुनिबाट पहिरो खसेपछि जोखिम भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।
मेरिङ्देन गाउँपालिका–३ स्थित उक्त बजारका सुकविर लिम्बुको घरको पाली पहिरोले बगाएपछि अन्यत्र सारिएको छ। मैवा नदी २०७२ सालमा आएको बाढीले खोलाको धार बजारतर्फ सारेको थियो। खोला किनारको डिलसम्मै घर रहेकाले बढी जोखिम रहेको गाउँपालिका अध्यक्ष गणेश लिम्बुले जानकारी दिए।