तमाम उपचार योग र ध्यान

तमाम उपचार योग र ध्यान

विज्ञानले योग र ध्यानको अनिवार्यता पुष्टि गरिसकेको छ।  विज्ञानले भन्छ– मनका यस्ता कुनै पनि रोग छैनन्, जसले निको नहोस्।  हार्वर्ड विश्वविद्यालयको एक अनुसन्धानले भन्छ– यो प्रमाणिक भइसक्यो कि कुनै पनि औषधीभन्दा शक्तिशाली योग र ध्यान छन् मनका र अधिकांश समस्या निराकरणका लागि।  स्वस्थ, सार्थक र सुखी कसरी रहने भन्ने खोजीले पनि योग र ध्यान नै सबैभन्दा प्रभावकारी रहेको प्रमाणित गरायो। 

हामीकहाँ शारीरिक समस्या, मनका समस्या, पारिवारिक तनाव र जीवनकाका कारणले योग र ध्यान गर्न आउने पनि छन्।  मलाई योग र ध्यान गर्न मन लाग्यो भनेर आउनेहरू पनि छन्।  तर हाम्रो समाजमा अझै पनि योग र ध्यानले मान्छेको जीवनमा उत्कृष्टता ल्याउँछ भन्ने सोच नभएर शारीरिक समस्या निको हुन्छ भनेर आउने धेरै छन्।  तर हाम्रो मूल ध्येय ध्यान हो। 

हामीले दुई प्रकारका परिणाम देखेका छौं।  एउटा तात्कालिक।  व्यक्तिमा शारीरिक वा मानसिक रुपमा कुनै समस्या छ भने यहाँ आउनेबित्तिकै उसले सुखद या मुक्तिको अनुभव गर्न थालिहाल्छ।  निष्ठापूर्वक ध्यान गर्ने व्यक्तिलाई फाइदा हुन थालिहाल्छ।  हामीले धेरैपटक वैज्ञानिक अनुसन्धान पनि गरिसकेका छौं।  नेपाल राष्ट्रिय मिर्गौला केन्द्रका डा. ऋषिकेश काफ्लेको समूहले बारबार अध्ययन गरेको छ।  शरीरका धेरै रोग यहाँका कार्यक्रम सञ्चालन गर्दागर्दै निको भएका छन्। 

संसारमा ध्यान जतिको सशक्त विधा नै छैन।  आफूभित्रको व्यक्तित्व प्रफुल्लित भएर उजागर गराउन सकिन्छ।  त्यो क्षमता ध्यानबाहेक अरू केहीमा पनि छैन।  ध्यानले नै व्यक्तिलाई जस्तो बन्नुपर्ने हो, त्यस्तै बनाउँछ।  ध्यानले नै व्यक्तिलाई सक्रिय बनाउँछ, सजग बनाउँछ, सकारात्मक बनाउँछ र व्यक्तिभित्रका प्रतिभालाई जागृत गराउँछ।  मानिस स्वयंले देख्छ– मभित्र कति खुबी रहेछ ?

हामी ठाउँठाउँमा जान्छौं।  हाम्रा पाँच सयभन्दा बढी प्रशिक्षकहरूले ठाउँठाउँमा स्वतस्फूर्त रूपमा ध्यानका प्रयोगशाला सञ्चालन गरिरहनुभएको छ।  नेपालसहित विभिन्न दसवटा देशमा जीवन विज्ञानका कार्यक्रम प्रत्यक्षपरोक्ष रूपमा चलिरहेका छन्।  बालबालिकाले पनि बुझ्न सक्ने व्यावहारिक र सरलतम योग र ध्यान पद्धतिको जानकारी प्रशिक्षकको माध्यमबाट लाखौं व्यक्तिको माझमा पुर्‍याइरहेका छौं। 

हाम्रो समाजमा योग र ध्यान जीवनमा उत्कृष्टता ल्याउन होइन, शारीरिक समस्या निको पार्नका लागि गर्नुपर्छ भन्ने सोच व्याप्त छ। 

योग र ध्यानको क्षमता नाप्न सक्ने कोही व्यक्ति जन्मिन सक्दैन र जन्मिएको पनि छैन।  जति पनि धर्म जन्मिएका छन्, ध्यानबाटै जन्मिएका छन्।  जति पनि ज्ञान जन्मिन्छ, ध्यानबाटै जन्मिएका छन्।  सबै धर्मशास्त्र ध्यानमै जन्मिएका छन्।  ज्ञान दुई प्रकारका हुन्छन्।  एउटा शिक्षा।  शिक्षा बाहिरको अध्ययनबाट जन्मिने हो।  अध्ययन–अनुसन्धानबाट जन्मिने हो।  अर्को दीक्षा।  दीक्षा आफूभित्रबाट जन्मिने हो।  हरेक व्यक्तिभित्र ज्ञानको महासागर छ।  भगवान् कृष्ण, गौतमबुद्ध, राजर्षि जनक, गुरु गोरखनाथ, विभिन्न धर्मगुरुहरूको जीवनाभित्रको प्रतिभाको मुख्य औजार नै ध्यान हो।  व्यक्ति जो बन्न सक्छ, ध्यानले मात्रै त्यस्तो बनाउन सक्छ।  ध्यान र योगको शक्ति नाप्ने व्यक्ति, उपकरण, शास्त्रहरू होलाजस्तो मलाई लाग्दैन। 

हामीले एकपटक सातदिने चक्र विज्ञान कार्यक्रम सञ्चालन गरेका थियौं।  त्यसमा ७२ जना व्यक्ति सम्मिलित हुनुभएको थियो।  उहाँहरूमध्ये १७ जना मधुमेह लाग्ने अवस्थामा हुनुहुन्थ्यो।  १६ जनाको मधुमेह ठाउँको ठाउँमा आइपुगेको थियो।  रोग लागेको लामो समय भइसकेका एकजनाको मधुमेयको मात्रा घटेको थियो।  यसको कारण छोटो समय भएर हो भन्ने हाम्रो अध्ययन रह्यो।  लगातार एक महिनासम्म चक्र विज्ञानमा रहने हो भने अत्यधिक फाइदा हुन्छ। 

हाम्रो मूल ध्येय शरीरको रोग निको बनाउनु होइन, व्यक्तिलाई ध्यानमा लैजानु हो।  आफूभित्रको सम्भावनासँग परिचित गराउनु हो।  बडो प्रेमल, आनन्दित र खुसी बनाउनु हो।  जीवनमा आउने विभिन्न समस्याबाट मुक्त हुने विधि सिकाइदिनु हो।  दीर्घ रोगीहरू, मिर्गौला, मुटु, टाउको, कलेजो, फोक्सोहरूमा समस्या भएका कति मित्रहरू आइसक्नुभएको छ र उहाँहरूलाई धेरै फाइदा भएको पनि छ।  तर कति मात्रामा रोग निको भयो भन्नेबारेमा अध्ययन नगरी भनिहाल्न मिल्दैन। 

योग र ध्यान प्रारम्भ गर्नुपर्ने उमेर त पाँचसात वर्ष नै हो।  ६०–७० वर्ष भएपछि योग र ध्यान गर्छु भन्दा नसकिएला।  बाल्यवस्था र युवावस्थामै योग र ध्यान सुरु गर्नुभयो भने प्रभावकारी हुन्छ।  चक्रविज्ञानमा भाग लिने धेरैले भनिसक्नुभएको छ– यो त महत्त्वपूर्ण पो रहेछ।  हामीले पहिल्यै थाहा पाएनौं।  स्कुल तथा कलेजका पाठ्यक्रममा राख्नुपर्ने रहेछ। 

हामी योग र ध्यानका जुन विधि र प्रणाली प्रयोग गर्छौं, त्यसले व्यक्तिलाई बलवान् बनाउँछ।  व्यक्तिभित्रको बललाई जगाउँछ।  यो विधि जुनसुकै उमेरका व्यक्तिलाई पनि काम लाग्छ।  हामीसँग ८१ वर्ष र ११ वर्षका व्यक्तिले पनि योग र ध्यान गर्नुभएको छ।  दुवै एउटै कार्यक्रममा हुनुहुन्छ।  दुवैले फाइदा भइरहेको छ।  योग र ध्यानमा आनन्दको अथाह शक्ति छ। 

हामीसँग प्रत्यक्ष रूपमा तालिम लिने व्यक्तिहरू एक लाखभन्दा बढी हुनुहुन्छ।  कुनै न कुनै रूपमा जोडिने व्यक्तिको संख्या पाँच लाख बढी छ।  हामी एक करोड व्यक्तिका मनमा प्रवेश गरिसकेका छौं।  तर हाम्रो ध्यान संख्या होइन, गुणमा जाने हो।  यहाँ आएका व्यक्तिलाई फाइदा भएको छ या छैन, बलवान् अनुभव भइरहेको छ–छैन, प्रकाश देखेको छ–छैन।  जीवनका समस्या समाधान भएका छन् या छैनन्, यस्ता महत्त्वपूर्ण विषयमा प्रवेश गर्ने हो। 

जीवन विज्ञानको उद्देश्य व्यक्तिभित्रका दुइटा सम्भावना उजागर गर्नु हो।  एउटा व्यक्ति जो कर्म क्षेत्रमा कुशल बन्न सकोस्।  शान्त र परम आनन्दित बन्दै भगवत तत्वसँग साक्षात्कार गर्न मद्दत होस्। 

(जीवन विज्ञानका विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.