सर्लाहीका एक दर्जनभन्दा बढी बस्ती डुबानमा

सर्लाहीका एक दर्जनभन्दा बढी बस्ती डुबानमा

मलङ्वा : सर्लाही सदरमुकाम मलङ्वा सहित जिल्लाको एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेको छ ।  तीनदिनदेखि परेको अविरल वर्षाको कारण झिम नदिमा आएको बाढी मलङ्वामा पसेपछि शहरको पूर्वी भाग डुबानमा परेको हो । जिल्ला प्रशासन कार्यालय, दुरसचार कार्यालय , शसस्त्र बेसक्याम्प डुबानमा परेको छ ।

मलङ्वाभन्दा ५ किलोमिटर माथि बाँध फुटेर शहरमा पानी पस्दा घर र सडकमा पानी जमेको छ । सडकबाटै पानीको भेल बग्न थालेपछि मलङ्वा बास्केटबलको आउने र जाने सवारी साधन चल्न सकेको छैन । बाढीले सञ्चारमाध्यम, विद्युत सेवा अवरुद्ध बनेको छ । बजारपूर्ण रुपमा बन्द छ ।

झिम नदीको बाढीले भेल्ही त्रिभुवन नगर डुबानमा परेको छ । त्यसैगरी लखनदेही नदीको बाढीले खुटौना, भाडसर, शिवनगर, छपकहिया गाउँ डुबेको छ । मनुष्मारा खोलाको पानीले सिसौट, रामनगर, छतौना लगायतका स्थान डुबानमा परेको छ । बागमती नदीको बाढी बस्तीमा नपसे पनि नदीमा बढ्दै गरेको जलस्तरले नदी छेउको बस्तीमा त्रास फैलिएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.