ग्रिन टी कति खाने?
वजन घटाउन ग्रिन टीलाई महत्त्वपूर्ण मानिन्छ। वजन घटाउनुका साथै यसले स्वस्थ रहन पनि मद्दत गर्छ।
–ग्रिन टीले पाचन प्रकियालाई ठीक बनाउँछ। खानेकुरालाई ऊर्जामा बदल्न शरीरलाई मद्दत गर्छ। पाचन प्रक्रियालाई तेज बनाउँछ। नियमित व्यायाम गर्ने, खानामा फलफूल र साग–तरकारीको मात्रा बढाउने र ग्रिन टी खाने गर्दा चाँडे वजन घट्छ।
–युनिभर्सिटी अफ मेरिल्यान्डको मेडिकल सेन्टरको एक अनुसन्धानअनुसार वजन घटाउन दिनमा दुई कप ग्रिन टी खाए पुग्छ।
–वजन घटाउन चाहनेले खाना खाएपछि तुरुन्त ग्रिन टी खानुपर्छ। बिहान र बेलुका ग्रिन टी खान सकिन्छ।
–ग्रिन टीबाट भरपूर फाइदा लिन यसलाई सही तरिकाले बनाउनुपर्छ। पानी आवश्कताभन्दा बढी तातेको हुनु हुँदैन। बढी गरम पानीले ग्रिन टीमा भएका तत्त्वलाई नष्ट गर्न सक्छ। राम्रो परिणामका लागि पानी १० मिनेट उमाल्नुपर्छ र त्यसलाई १० मिनेटका लागि यसै छोडिदिनुपर्छ। त्यसपछि पानीमा ग्रिन टीका पात हालेर एक मिनेटसम्म राख्नुपर्छ। पात छानेर अलग गरी ग्रिन टी खानुपर्छ।