बाढीपहिरोले २८ को मृत्यु : १६ बेपत्ता

बाढीपहिरोले २८ को मृत्यु : १६ बेपत्ता

काठमाडौं : बाढीपहिरोमा परी देशभर अहिलेसम्म २८ जनाको मृत्यु भएको छ। १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्।  प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उद्धार र राहतको कामलाई तिब्रता दिइएको छ। 

बाढी पहिरोमा परी काठमाडौँ, खोटाङ, ललितपुर र काभ्रेमा तीन-तीन, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई÷दुई तथा ओखलढङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक÷एक गरी २८ जनाको ज्यान गएको छ।     

काठमाडौँमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिन्धुलीमा चार, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जना गरी ६४ जनाको सकुशल उद्धार गरिएको छ। बाढी पहिरोबाट ठूलो मात्रामा धनमालसमेत क्षति भएको छ।

मकवानपुरमा तीन, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक-एक जना गरी ११ जना घाइते भएका छन्।  सिन्धुलीमा चार, भोजपुरमा तीन तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा एक÷एक जना गरी १६ जना वेपत्ता भएका छन्।रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.