कर्णालीले तटबन्ध भत्कायो

कर्णालीले तटबन्ध भत्कायो

टीकापुर : कर्णाली नदीमा पानीको सतह बढेसँगै टीकापुर नगरपालिका ५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध भत्किएको छ। रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले निर्माण गरेको शाहीपुरको तटबन्ध भत्किएको हो। शाहीपुरमा नदीले तिब्र कटान गरिरहेको छ। आयोजनाले निर्माण गरेको ११ मिटर चौडाईको तटबन्ध मध्ये नदीले झण्डै ३० मिटर लम्बाई २ मिटर चौडाई तटबन्ध भत्काएको हो।  

वडा नम्बर ५ का अध्यक्ष रामशंकर डगौराले गएरातिदेखि नदीले तटबन्ध भत्काउन सुरु गरेको बताए। ‘गए रातिदेखि नै शाहीपुरमा नदीले तटबन्ध भत्काउन सुरु गरेको छ’, उनले भने। पानी बढ्दै जाँदा कटान सुरु भएको शाहीपुरका कन्हैयालाल चौधरीले बताए। तटबन्ध कटान भए बाढीले टीकापुर नगरपालिकाको ५ शाहीपुर, सिम्रेनी, वडा नम्बर ६ का नारायणपुरका केही भाग, वडा नम्बर ७ सत्ती, वडा नम्बर  ८ धनसिंहपुर प्रभावित हुनेछ। 

गत वर्षसमेत नदीले सोही क्षेत्रमा तटबन्ध भत्काएको थियो। आयोजनाले पाँच वर्षअघि कर्णाली नदीको शाहीपुर क्षेत्रमा ग्राभेल मात्र प्रयोग गरी तटबन्ध बनाएको थियो।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.