धरानमा डेंगुले एक महिलाको मृत्यु, प्रकोप नियन्त्रणमा समस्या

धरानमा डेंगुले एक महिलाको मृत्यु, प्रकोप नियन्त्रणमा समस्या

धरान : डेंगु रोगकका कारण धरान उपमहानगरपालिकामा फेरि एक महिलाको मृत्यु भएको छ। एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेको टोकाईबाट गम्भीर बिरामी भएकी ४३ बर्षे मनु सुनुवारको शनिबार मृत्यु भएको हो। 

लामखुट्टेको टोकाईबाट बिरामी भएकी सुनुवार शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी थिइन्। उनको अवस्था गम्भीर भएपछि चिकित्सकहरुले तत्काल आईसीयूमा भर्ना गरेका थिए। उपचारकै क्रममा सुनुवारको निधन भएको प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहले जानकारी दिए। 

जेठ पहिलो हप्तादेखि प्रकोपका रुपमा फैहिलेको डेंगु रोग अझै नियन्त्रणमा आउन सकेको छैन। डेंगुका कारण अहिलेसम्म एकहजार ५ सय भन्दा बढी बिरामी परेका छन्। बिरामी मध्ये धेरै जनाको अस्पतालहरुबाट डिस्चार्ज भएको छ। 

बीपी प्रतिष्ठानमा दैनिक १५ देखि २० जना बिरामीहरु उपचारका लागि प्रतिष्ठानमा भर्ना हुने गरेका छन्। त्यस्तै धरानका विरेन्द्र मेडिकलहल, श्रेष्ठ मेडिकल र मञ्जुश्री पोलि क्लिनिकमा समेत डेंगुका विरामीले उपचार गराउदै आएका छन्। डेंगु नियन्त्रणका लािग धरान उपमहानगरले फगिङ मेशिन मार्फत लामखट्टे मार्ने अभियान संचालन गरेको भएपनि नियन्त्रणमा आउन सकेको छैन्। 

धरान १५का वडा सदस्य ज्ञानेन्द्र बस्नेतले डेंगु नियन्त्रणमा प्रदेश सरकार पूर्ण रुपमा सहयोग नगरेकाले डेंगु नियन्त्रणमा आउन नसकेको बताए। उनले सरकारले डेंगु नियन्त्रणमा सहयोग नगरेकै कारण एकजना वडावासीलाई गुमाउनु परेको गुनासो गरेका छन् । 

प्रदेश–१ का मूख्यमन्त्री शेरधन राईले धरानमा प्रकोपका रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरी जिल्ला स्वास्थ्य कार्यालय सुनसरी मार्फत डेंगु निउयन्त्रणको काम भैरहेको बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.