पाल्पाबाट चोरिएको शिशु स्याङ्जामा भेटियो, एक महिला पक्राउ

पाल्पाबाट चोरिएको शिशु स्याङ्जामा भेटियो, एक महिला पक्राउ

स्याङ्जा : अस्पतालबाट नवजात शिशु चोरेर भागेको आरोपमा ५० बर्षे विमला पाण्डे पक्राउ परेकी छन् । पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउसो शिशु चोरेर बेपत्ता भएकी विमला शिशुसहित स्याङ्जामा पक्राउ परेकी हुन्। 

गल्याङ नगरपालिका–५ मोहनडाँडाकी विमलालाई नवजात शिशु चोरेको आरोप छ। कालीगण्डकी गाउँपालिका–७स्थित नेपाल विद्युत प्राधिकरणको सरकारी आवासबाट शिशु सहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्राधिकरणमा ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी विमला शुक्रबार दिउसो तानसेन–९ मदन पोखराकी जमुना रानाको बच्चा चोरेर फरार भएपछि उनलाई खोज्दै प्रहरी निवाससम्म पुगेको हो। 

पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटा सहितको टोली महिला र बच्चा भएको कालीगण्डकी गाँउपालिका आएका थिए। शिशु हराएको खबर पाउने बित्तिकै प्रहरीले सिद्धार्थ राजमार्गमा अनुसन्धान तिव्र बनाएको थियो भने शंकास्पद ब्यक्तिमाथि निगरानी बढाउदै  पाण्डेलाई पक्रन सफल भएको हो। आरोपी विमलाका दुई छोरा र दुई छोरी छन्। उनका श्रीमानको भने मृत्यु भइसकेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.