तिलाठी गाउँ डुबानमा

तिलाठी गाउँ डुबानमा

राजविराज : खाँडो खोलामा आएको बाढीले सप्तरीको तिलाठी गाउँ डुबानमा परेको छ। निरन्तरको वर्षापछि कटान सुरु भएको बाँध भत्किएपछि गाउँ डुबानमा परेको हो।

तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठी र बेल्ही बस्तीमा पसेर पुरै गाउँ जलमग्न भएको वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मि श्रले जानकारी दिए।

बाढीले तिलाठीका तीनसय घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ। पाँच वटा घर भत्किएको विपद जोखिम न्यूनिकरण अधिकृत राजेश झाले जानकारी दिए। कटान भएको बाँध मर्मतका लागि गाउँपालिकाले बोरा र जाली उपलब्ध गराए पनि निरन्तर जारी रहेको वर्षा र पानीको तीव्र भेलले कटान भएको बाँधको मर्मत हुन सकेको छैन।

दशगजामा निर्माणाधीन पुलको तीन फिट माथिबाट पानी बग्न थालेपछि डोरीको सहायतामा स्थानीयलाई आवतजावत गराइएको छ। वर्षाका कारण तिलाठी प्रहरी चौकीबाट प्रहरीसमेत विस्थापित भएका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खाँडो नदीमा आएको बाढीले तिलाठी प्रहरी चौकी, भन्सार कार्यालय, स्वास्थ्य केन्द्र, गाउँपालिका र वडा नम्बर १ को कार्यालयसमेत डुबानमा परेको छ।

बाढीले तिलाठीस्थित राजबिराज–कुनौली सडकखण्डमा सवारी साधन ठप्प भएको छ। विपद् व्यवस्थापनको पूर्व तयारीका लागि लाइफ ज्याकेट, रेस्क्यु डोरी, डुंगा तयारी अवस्थामा राखिएको विपद् जोखिम न्यूनिकरण अधिकृत झाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.