कर्णाली राजमार्गको दुरदशा, ठाउँठाउँमा पहिरो, गन्तव्यमा पुग्नै सकस

कर्णाली राजमार्गको दुरदशा, ठाउँठाउँमा पहिरो, गन्तव्यमा पुग्नै सकस

कालिकोट :  केही दिनदेखिको भारी वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा यात्रा निकै जोखिमपूर्ण बनेको छ। कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडकखण्डअन्तरगत कालिकोट र दैलेखको सिमाना नजीकको घट्टेखोला, जिल्लाको शुभकालिका गाउँपालिकास्थित गगने खोला, जिल्ला सदरमुकाम नजीकैको सुनार खोला, मोल्फा, पिली, खल्लागाडलगायतका एक दर्जन बढी ठाउँमा पहिरो जाँदा प्रहरी र स्थानीय तहको सक्रियतामा राजर्माग सूचारु गरेपनि यात्रा निकै जोखिमपूर्ण बनेको हो। 

गगने खोलाको भीरमा वर्षेनी वर्षायाममा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ। यो वर्ष पनि शनिबार मात्र गगनेको भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

ठूलो चट्टानबाट फुट्ने पहिरोले राजमार्ग पुरै भत्काई दिएको छ। सडकको स्वरुप नै बिगारी दिएको छ। सामान्य पानी पर्दा पनि पहिरो खस्ने गगने खोलामा पहिरोको स्थायी व्यवस्थापनका लागि सडक विभागले ध्यान नदिँदा कर्णाली राजमार्गमा संचालन हुने सवारी साधन तथा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ। जिल्ला प्रहरी कार्यालय कालिकोट र पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालको सक्रियतामा गगनेको खोलाको पहिरो पन्छाएर आइतबारदेखि राजमार्ग सूचारु गरिएको छ।         

कर्णाली राजमार्गकाअन्तरगत झण्डै एक दर्जन बढी ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्गमा संचालन हुने सवारी साधन बीच बाटोमा अलपत्र परेका छन्।सडक अवरुद्ध भएपछि स्थानीय यात्रुहरु तथा पर्यटकीय क्षेत्र रारा ताल जाने आन्तरिक पर्यटक बीच बाटोमा रोकिएका छन्।

उनीहरुलाई निर्धारित समयमा गन्तव्यमा पुग्नै मुस्किल छ। जुम्ला, कालिकोटदेखि सुर्खेत, नेपालगंज र नेपालगञ्ज सुर्खेतदेखि कालिकोट जुम्ला, मुगु जाने सयौं यात्रुहरु बीच बाटोमै अलपत्र छन्। 

जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद शर्माले जिल्लाको खाँडाचक्र नगरपालिकाको पिली र गगने खोलामा खसेको पहिरो पन्छाउन डोजर र प्रहरी पहिरो स्थलमा खटिएका छन्।उनले वर्षेनी वर्षायाम लागेसँगै हरेक राति पहिरो खस्ने र बिहान पहिरो पन्छाएर सडक खुलाउने गरिएको उक्त भीरमा यस वर्ष पनि पहिलेकै समस्याले निरन्तरता पाएको बताए। उनले प्रहरीको काम नै सडक खोल्ने भएको बताए। उनले भने, ' भीरबाट खस्ने पहिरो रोकिएपनि भित्र भित्रै बगिरहेको लेदोका कारण राजमार्ग संचालनमा समस्या छ।

गगने खोलामा पटक पटक पहिरो जाँदा राजमार्ग अवरुद्ध हुँदै आएपनि पहिरोको दीर्घकालीन व्यवस्थापनका विषयमा सम्बन्धित निकायले चासो नदेखाउँदा यात्रुहरुले सास्ती खेपिरहेका छन्।

पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले कर्णाली राजमार्गको गगने खोलामा आएको पहिलो पन्छ्याउन आफै लागेको बताए। पानी पर्ना साथ कर्णाली राजमार्ग अवरुद्ध हुने भएकाले सडक अवरुद्ध भएर यात्रुहरुले सास्ती खेप्न नपरोस भनेर आफू पहिरो पन्छ्याउन पचालझरना गाउँपालिबाट शुभकालीकाको गगने खोलामा आएको सेजुवालले बताए।

उनले भने, 'कर्णाली राजमार्गको दैलेखको किटुदेखि कालीकोटको राँचुलीसम्मको सडक कठिन छ। जहाँ ठाउँठाउँमा पहिरो आउने गरेको छ। यस क्षेत्रको पहिरोको स्थायी रुपमा व्यवस्थापनका लागि सबैले सामूहिक पहल गर्न जरुरी छ। यो सडकखण्डमा वर्षा याममा कहाँ कतिबेला पहिरो आउँछ र सडक अवरुद्ध हन्छ भन्ने हक्का नै हुँदैन्।      


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.