अछामको साफेबगरमा वर्षेनी बाढीकै त्रास

अछामको साफेबगरमा वर्षेनी बाढीकै त्रास

अछाम  : बुढीगंगा नदीमा पानीको बहाव बढेसँगै साँफेबगर नदी आसपासको क्षेत्र जोखिममा परेको छ।बुधबार रातिदेखि लगातार परेको वर्षाका कारण नदीमा पानीको बहाव बढेको हो।बाढीको बढी जोखिममा साँफेबगर नगरपालिका-१का एक सय, ४-का करिब ५ सय र ७ का ८० घरपरिवार रहेका छन्। 

वर्षा सुरु भएसँगै यहाँका स्थानीय त्रसित छन्। नगरपालिका ७ को ककडसातका ८० घरपरिवार बाढीको उच्च जोखिममा रहेका वडाध्यक्ष मिठ्ठु भाटले बताए। वर्षायाम सुरु हुने वित्तिकै स्थानीयको भोक निद्रा हराउने गरेको उनले बताए।

'लगाएको खेतिपाति बगाउँछ, गतिलो तटबन्ध छैन, तटबन्धनका नाममा तारजाली मात्र हाल्ने काम मात्र हुन्छ, त्यो तारजाली वर्षेनी बाढीले बगाएर लैजाने गर्छ,'उनले भने।'

वडा नम्बर ४ मष्टामाण्डौका करिब ५ सय घरपरिवारमध्ये पुलबजारका ४० घरपरिवार बाढीको उच्च जोखिममा रहेका वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता बालगीरि कुँवरले बताए। 'नगरपालिकाले विपद्व्यवस्थापनका लागि कार्ययोजना बनाएको छ, 'उनले भने, 'कार्य योजनामा राहत वितरण गर्ने विषय मात्र उल्लेख छ।'


 
ज्यान जोखिममा राखेर दिनचर्या बिताउँदै आएको पुलबजार निवासीरत्ना देवी नेपालीले बताइन्। उनले भनिन्, '२०३९ र २०६३ सालमा आएको बाढीले भएभरको सबै सम्पत्ति बगायो, त्यसको लेखाजोखा केही पनि छैन। असार, साउन र भदौका तीन महिनामा बाढीको डरले राति राम्रोसँग निन्द्रा नै पर्दैन, 'उनले भनिन्, 'राति पानी परेको दिन परिवारका सदस्य पालै पालो जाग्राराम बस्छौं।'

उनले नदीको उर्लदो भेल देख्दा काल पर्खेर बसेजस्तै लागेको बताइन्। 'साना बालबच्चा छन्, बाढी आयो भने उनीलाई कसरी बचाउने चिन्ता लागिरहन्छ,' उनले भनिन्।बुढीगंगा र छिपे खोलामा दीगो तटबन्धका लागि कसैले पनि ध्यान नदिँदा वर्षेनी बाढीको समस्या भोग्नु परेको गुनासो स्थानीयको छ।

नदीले तारेको कुनाबाट धार परिवर्तन गरेमा यहाँको सयौं बस्ती र बजार समेत बाढीको चपेटामा पर्ने स्थानीय रामबहादुर कुँवरले बताए। छिपेखोला र बुढीगंगामा दीगो तटबन्धनका लागि कसैले चिन्ता र चासो नदेखाएको उनको गुनासो छ। नदीले वर्षेनी यहाँको खेतियोग्य जमिन कटान गर्दै गइरहेको छ। २०६३ सालमा आएको बाढीले साँफेबगर क्षेत्रको करिब ४० रोपनीभन्दा बढी खेतियोग्य जमिन बगायो। सो क्षेत्र अहिले बगर बनेको छ। 

साँफेबगर नगरपालिकाको कार्यालय र एयरपोर्टलगायतका सयौं घरहरु समेत जोखिममा छन्। उत्तरबाट बुढीगंगा नदी र पूर्वबाट छिपे खोलाका कारण साँफेको एयरपोर्ट बजार नै जोखिममा परेको छ। बाजुराको त्रिबेणी नगरपालिका र बुढीगंगा नगरपालिकाको बीचमा रहेको द्वारीमा, बुढीगंगा नदी पहिरोका कारण थुनिएपछि साँफेबगरका बासिन्दामा झनै त्रास फैलिएको छ। त्रिबेणी नगरपालिका-९ पैमा गाउँबाट पहिरो झर्न थालेपछि बुढीगंगा थुनिने खतरा बढेको हो। गत वर्ष पनि सो ठाउँमा नदी थुनिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.