धरौटी नबुझाउँदा विप्लवका कार्यकर्ता जेल चलान, धरौटी बुझाएकालाई पुनः पक्राउ

धरौटी नबुझाउँदा विप्लवका कार्यकर्ता जेल चलान, धरौटी बुझाएकालाई पुनः पक्राउ

परासी : धरौटी नबुझाएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारी विद्यार्थी संगठनकी पश्चिम नवलपरासी अध्यक्ष शारदा भण्डारीलाई जेल चलान गरिएको छ। अर्का एकजना कार्यकर्ताले धरौटी बुझाएपनि प्रहरीले पुनः पक्राउ गरेको छ।

उनीहरू दुवैजनालाई ५ दिन अघि प्रहरीले पक्राउ गरेको थियो। कपिलवस्तुको शिवराज नगरपालिका १ कि भण्डारीलाई नवलपरासी विद्यार्थी संगठनको जिम्मेवारी दिइएपछि उनी सुनवल नगरपालिकाको कीर्तिपुरमा बस्दै आएकी थिइन्। उनलाई सरावल गाउँपालिकाको बासाबसहीबाट प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले पुनः पक्राउ गर्ने संभावना रहेको भन्दै भण्डारीले धरौटी नबुझाएको बताइएको छ।

त्यसैगरी रामग्राम १० नदवा घर भएका अन्सारीलाई नदवा चोकबाट पक्राउ गरिएको थियो। अन्सारीले धरौटी बुझाएपनि प्रहरीले पुनः पक्राउ गरेको हो।

जिल्ला अदालतले उनीहरूलाई आइतबार जनही ४० हजार धरौटी माग गरेको थियो। उनीहरूलाई संगठित अपराधमा मुद्दा चलाइएको छ।

दुवै जनालाई विप्लव समूहले आह्वान गरेको बन्दका क्रममा जिल्लाका विभिन्न स्थानमा सवारी साधनमाथिको आगजनी गरेको आरोप छ। अन्य घटनाका बारेमा पनि सोधपुछ गर्नुपर्ने भएकाले अन्सारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.