तेस्रोपटक बढाइयो भैरहवा विमानस्थल निर्माण अवधि, ६ महिना थप

तेस्रोपटक बढाइयो भैरहवा विमानस्थल निर्माण अवधि, ६ महिना थप

भैरहवा : निर्माणाधीन अन्तरार्ष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण अवधि थपिएको छ। निर्माण सम्पन्न गर्न थप समय आवश्यक देखिएकाले अवधि थप भएको आयोजनाले जनाएको छ।

विमानस्थलको निर्माणकार्य सम्पन्न गर्न यही जुन २८ सम्म म्याद थियो। यस अघि सन् २०१७ मै आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, २०१७ मा सम्पन्न नभएपछि २०१९ जुन २८ सम्म सारिएको थियो। अहिले पुनः विमानस्थलको निर्माण सम्पन्न गर्न ६ महिना म्याद थपिएको छ। यो तेस्रो पटक म्याद थपिएको हो।

विमानस्थल निर्माणको क्रममा चिनियाँ ठेकेदार र सह–ठेकेदारबीच विवाद, ठेकेदार कम्पनीको लापरवाही, मधेस आन्दोलन, नदीजन्य पदार्थको अभाव लगायतका कारण आयोजनामा असर परेको थियो।

विमानस्थलको निर्माणकार्य सम्पन्न गर्नका लागि थप समय आवश्यक देखिएकोले २०१९ डिसेम्बर महिना (पुस १५) सम्म म्याद थप भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। उनले निर्माणकार्यको म्याद थप भएपनि लागत भने नबढ्ने दावी गरे। 

'ठेकेदार कम्पनीसगँ जुन रकममा सम्झौता भएको छ त्यही रकममा नै उसले काम गर्छ', उनले भने।

विमानस्थलको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभियसनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैया“मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ।

पछिल्लो समय विमानस्थल निर्माण तीब्र भएको छ। आयोजनाका अनुसार आइसीपी वान र आइसीपी टु अन्र्तगतको काम सम्पन्न गर्नका लागि ६ महिना आवश्यक छ।

आइसीपी वान अन्तर्गतको काम भनेको भौतिक संरचनाहरु हुन् भने आइसीपी टु अन्तर्गतको काम भनेको विमानस्थलमा उपकरणहरू जडान गर्ने हो।

आइसीपी टु को काम सम्पन्न गर्नका लागि ३ महिना अघि ९ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता नै भएको थियो। म्याद थपिएको अवधि डिसेम्बर सम्म छ।

'अहिले हामीले आइसीपी वान र आइसीपी टु को कामलाई समानन्तर रुपमा अगाडी बढाइरहेको छौँ', आयोजना प्रमुख अधिकारीले अन्नपूर्ण पोस्ट्सँग भने, 'यदि अहिलेकै योजना अनुसार काम अघि बढिरहे थपिएको म्याद भित्र विमानस्थलको निर्माण सम्पन्न हुन्छ।'

आइसीपी टु को काम लागि आवश्यक उपकरण अर्डर भइसकेको र दसैंसम्म ल्याउनेमा योजनामा रहेको उनले बताए। तेस्रो मुलुकबाट आयात गरिने उपकरणहरुको ढुवानी मुख्य चुनौती रहेकोले ढुवानीमा समय लागे समस्या उत्पन्न हुन सक्ने उनको भनाई छ।

उनका अनुसार हाल अन्तर्राष्ट्रिय टर्मिनल भवन आगमन कक्षमा छाना हालेर रंगरोगन भइरहेको छ भने प्रस्थान कक्षको भवनमा छाना हाल्ने काम जारी छ।

टर्मिनल भवन, प्रशासनिक भवन लगायतमा आवश्यक पूर्वाधारहरु विद्युतिय वाइरिङ जस्ता भित्री कामहरु लगभग सकिने अवस्थामा रहेको आयोजना प्रमुख अधिकारीले बताए।

त्यस्तै कन्ट्रोल टावरको अन्तिम तल्लाको काम जारी रहेको छ। धावनमार्ग, ट्याक्सी वे, एप्रोनको काम सकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.