अत्यावश्यक राहत वितरणमा सरकारको जोड

अत्यावश्यक राहत वितरणमा सरकारको जोड

काठमाडौं : सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा सबै जनशक्ति परिचालन गरी तत्कालका लागि अत्यावश्यक राहतका काममा सक्रिय हुने जनाएको छ।

शुक्रबारदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण जनजीवन नराम्ररी प्रभावित भएको भन्दै तत्काल उद्धारसँगै राहतको काम तदारुपकताका साथ गर्ने निर्णय सरकारको छ। संघीय सरकारको आइतबार बसेको बैठकले घाइेतको उपचारको सबै व्यवस्था सरकारले मिलाउने निर्णय पनि गरेको छ।

‘घाइते भई अशक्त हुनेहरु र मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्नेछ,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ। प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन औषधि उकपरणसहित थप स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने सरकारले जनाएको छ।

त्यस्तै बाढी पहिरोबाट सडक सञ्जाल अवरुद्ध भएको ठाउँमा यातायात आवागमनलाई सुचारु गर्न रक्षा, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा आवश्यक र सम्भव कदम चाल्ने निर्णय पनि सरकारले गरेको छ। 

सबै सरकारी तथा गैसरकारी संघसंस्था, नीजि क्षेत्रहरुको समन्वयनमा उद्धार, राहत, उपचार एवं खाद्यान्न र बसोबासको प्रवन्ध मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.