बोरिङ निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप (फोटोसहित)
काठमाडौं : धोबिखोला चुनिखेलमा खाने पानीको डिप बोरिङ गाड्न नपाउने भन्दै स्थानीयले विरोध गरेका छन् । धोबिखोलाको छेउमा मापदण्ड नपुर्याइ बोरिङ खन्न लागेको र व्यक्तिको जग्गामा बोरिङ परेकोले स्थानीयले बिरोध गरेका हुन् ।
सोमबार बिहान विरोध प्रदर्शनमा उत्रिएका स्थानीयको अवरोधलाई रोक्न प्रहरी परिचालन गरिएको थियो । विरोध प्रदर्शनमा प्रहरीबल प्रयोग गरेर मेयर, उपमेयर र वडाअध्यक्षले मिलेमतोमा स्थानीयको हित विपरित काम गरिरहेको स्थानीय सुरेशकुमार राईले आरोप लगाए। विरोधका क्रममा स्थानीय र प्रहरीबीच सामान्य झडप भएको थियो ।
बोरिङले पानी निकाल्दा वरपरको बस्तीमा पानी सुक्ने समस्या आउने भएकोले आफुहरु विरोधमा उत्रिएको उनले बताए ।