किसानलाई सघाउँदै विप्लवका कार्यकर्ता : मकैबारीदेखि धान रोपाइँसम्मै

किसानलाई सघाउँदै विप्लवका कार्यकर्ता : मकैबारीदेखि धान रोपाइँसम्मै

कालिकोट : सरकारबाट प्रतिबन्धित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु कालिकोटका विभिन्न गाँउ बस्तीमा किसानको खेतबारीमा देखिन थालेका छन् ।

प्रायजसो खुला नदेखिने नेकपाका कार्यकर्ता पछिल्लो समय पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार जनश्रमदानका लागि गाउँ गाउँमा किसानको मकैबारीमा देखिन थालेका हुन् ।

अर्धभुमिगत शैलीमा गाउँमा आफ्नो संगठन विस्तारमा सक्रिय रहेका बिप्लव समुहका नेता तथा कार्यकर्ताहरुले जनताको जनमत बटुल्नकै लागि किसानको खेतबारीमा काम गर्ने अभियान थालेको बताउँछन् ।

नेकपा कालिकोटका जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपले किसान तथा मजदुरको पार्टी भएकाले किसान मजदुरसँगै काम गर्ने अभियान थालेको बताए । उनले भने, ‘हामी गाउँमा जनतासँगै छौँ । जनताको घरमा असारको सिजनमा हुने सबै काममा सहयोग गर्दैआएका छौँ ।’

पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार गाउँ गाँउमा जनश्रमदान गर्ने अभियान सुरु भएको छ । पछिल्लो जिल्लाको बैठकले पनि जिल्लामा संगठन सुदृढिकरण तथा विस्तार अभियान थप प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको बताइएको छ ।

कालिकोट जिल्लाको पलाँता, पचालझरना, रास्कोट, शान्नित्रिवेणी र नरहरीनाथ गाउँपालिकाका विकट गाउँमा नेकपाका नेता तथा कार्यकर्ताहरु किसानको खेतबारीमा काम गर्न व्यस्त देखिन्छन् । जिल्ला सेक्रेटरी ऐडी भन्छन्, ‘पार्टीको निर्णय अनुसार नै सुरु गरिएको जनश्रमदान अभियान अन्तरगत किसानको खेतमा मकै गोड्ने, धान रोपाइँ गर्ने, कोदो सार्ने लगायत काममा सघाउँदै आएका छौँ ।’

नेकपा निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य साहासीले किसानको पार्टीका कार्यकर्ता गाउँमा जनतासँगै रहेको बताए । उनले नेकपाका कार्यकर्ता भुमिगत शैलीमा भन्ने आरोप मात्रै रहेको पनि बताए । जनताको पार्टी जनताबाट टाढा हुन नसक्ने उनको भनाइ छ ।

मुख्य निशानामा जनप्रतिनिधि

नेकपाका कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य निशानामा राखेका छन् । बिप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका भेरी कर्णाली संयोजक शितल विष्टले भ्रष्ट जनप्रतिनिधि प्रमूख निशानीमा रहेको बताए ।

‘राम्रो काम गर्नेहरुलाई सम्मान गर्ने र अनीयमितता गर्नेहरुलाई जन कारबाही गर्ने पार्टीको योजना छ । कालिकोटका सबै स्थानीय तहमा व्यापक अनियमितता भएको जनगुनासो बढी आएका छन् ।’ विष्टले भने । यसको विषयमा पार्टीको समन्वयमा युवा संगठनले छानविन गर्ने उनको भनाइ छ । युवा संगठनका केन्द्रीय सदस्य समेत रहेका विष्टले अनियमितताकै बिरुमा जिल्लाका ९ वटै स्थानीय तह र ८२ वडामा ताला लगाएको बताए ।

कतिपय कामै नभएका योजनाहरुको बजेट जनप्रतिनिधले आफ्नो खातामा ल्याउने, काम नभए पनि भुक्तानीका लागि निश्चित प्रतिशत माग्ने गरेको गुनासो आफूहरुसँग् आएको उनी बताउँछन् । यस्ता गतिविधि विरुद्ध कडा रुपमा प्रस्तुत हुने विष्टले चेतावनी दिए । केही दिनअघि मात्रै भेरी कर्णाली ब्यूरो अन्तरगत १० जिल्लाका १ हजार २ सय जति युवाको संयुक्त बैठक पनि बसेको छ ।

ती युवाले अब गाउँमा आएका भ्रष्ट सरकारको कामको उच्च निगरानी राख्ने बताइएको छ । साथै पार्टीको काममा पूर्ण समय दिएर संगठन विस्तारमा लाग्ने बताइएको छ । यसका लागि  पार्टीले सामान्य आधारभुत खर्चको व्यवस्थथा मिलाएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.