कुलोमा डुबेर ४ वर्षे बालक वेपत्ता
टीकापुर : कैलालीको लम्की चुहा नगरपालिका–३ स्थित कुलोमा डुबेर चार वर्षे बालक वेपत्ता भएका छन् ।
जानकी गाउँपालिका–९ कटासे नजिकैको कुलरिया कुलोमा माछा मार्न गएकी आमा शर्मिला चौधरीसँगै गएका बालक दिवान कुलोमा डुबेर वेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीपेन्द्र केसीका अनुसार बालक चिप्लिएर कुलोमा खसेका थिए । प्रहरी र स्थानीयबासीले बालकको खोजी कार्य जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस !
१