इरानी विदेशमन्त्रीलाई अमेरिका भ्रमण गर्न प्रवेशाज्ञा

इरानी विदेशमन्त्रीलाई अमेरिका भ्रमण गर्न प्रवेशाज्ञा

न्यूयोर्क : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानी विदेशमन्त्री मोहमद जावेद जारिफलाई संयुक्त राष्ट्रसंघीय मुख्यालय भ्रमणको लागि प्रवेशाज्ञा प्रदान गरिएको जानकारी दिएका छन् ।

यसले इरान र अमेरिकाबीच चलिरहेको पछिल्लो वाकयुद्धका बारेमा सकारात्मक सन्देश जाने अनुमान गरिएको छ । इरानी प्रतिनिधिमण्डलका अन्य सदस्यहरूको टोलीसहित आइतवार न्यूयोर्क पुगेका इरानी विदेशमन्त्री जारिफलाई राष्ट्रसंघको मुख्यालय र त्यहाँस्थित इरानी मिसनको कार्यालयसम्म यात्रा गर्न अनुमति दिइइएको पोम्पोओले बताएका छन् । इरानी कूटनीतिज्ञको यो भ्रमणलाई न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय वरपर मात्र सीमित गराइने पनि अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकी कूटनीतिज्ञहरूले इरानको वरपर भ्रमण नगर्ने र त्यसैले इरानी कूटनीतिज्ञहरूलाई पनि न्यूयोर्क शहरको आसपास स्वतन्त्र रूपमा भ्रमण गर्नुपर्ने कुनै कारण नदेखिएको पोम्पेओले बताएका छन् । हालैका केही महिनायता अमेरिका र इरानबीच सैन्य विवाद सहितको वाकयुद्ध जारी रहेको छ । इरानमाथिको अमेरिकी अमेरिकी नाकाबन्दीका कारण पनि सम्बन्ध बिग्रिएको छ ।

अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेमा इरान अमेरिकासँग वार्ताको लागि तयार भएको इरानका राष्ट्रपति हसन रुहानीले बताएका छन् । उनले भने, ‘यदि अमेरिकाले इरानविरुद्ध लगाइएका नाकाबन्दी हटाउँछ भने हामी उनीहरूसँग वार्ताको टेबलमा बस्न तयार छौँ ।’

सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताका पक्षराष्ट्रहरू जर्मनी, फ्रान्स र यूरोपेली यूनियनका अरु नेताहरूले पनि पछिल्लो समयमा इरानमा बढ्दो विवादबाट आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.