भन्सारको विश्रामस्थलमा पुरुषको शव फेला
झापा : झापाको काँकरभिट्टा भन्सार कार्यालय नजिकैको विश्रामस्थलभित्र १ एकजना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
मृत अवस्थामा फेला परेका व्यक्ति भारतीय नागरिक हुन सक्ने बताइएको छ। भन्सार परिसरमा मृत भेटिएका व्यक्तिको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।