सडकमा परेका संरचना आफै भत्काउनेलाई सम्मान

सडकमा परेका संरचना आफै भत्काउनेलाई सम्मान

धनगढी : धनगढी उप–महानगरपालिकाले सडक क्षेत्रमा पर्ने आफ्नो संरचना आफै भत्काउने  र नगरका उत्कृष्ट करदातालाई सम्मान गरेको छ। सोमबार चौंथो नगरसभा समापन कार्यक्रममा सडक क्षेत्रमा परेको संरचना भत्काएर सहयोग गर्ने सचेत नागरिकको रुपमा धनगढी उप–महानगरपालिका–२ की डम्बरदेबी भट्ट र धनगढी उप–महानगरपालिका १ एलएन चोकका प्रकाशजंगबहादुर स्वाँरलाई सम्मान गरेको हो। 

उनीहरुलाई दोसल्ला र कदरपत्रका साथ नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्र भट्टले सम्मान गरेका हुन्। त्यस्तै उप–महानगरपालिकामा सबैभन्दा बढी कर तिर्ने किशोर सिलवाल र नियमित कर तिर्ने अन्नपूर्णदेवि गुप्तालाई सम्मान गरिएको छ। 

उप–महानगरपालिका–६ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्रदानगर्ने धनगढी उप–महानगरपालिका ६ का अशोक पन्तलाई कदरपत्र र दोसल्ला ओढाएर नगरसभामा सम्मान गरिएको उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.